चिप्लेढुंगा अगाडि कै घरधनीले पो बनाएछन् ढुंगा पहेंलै, ‘राम्रो बनाउन खोजेको’

चिप्लेढुंगा अगाडि कै घरधनीले पो बनाएछन् ढुंगा पहेंलै, ‘राम्रो बनाउन खोजेको’

abbbccc-640×415

पोखरा । सामाजिक सञ्जालमा पोखरेलीबीच चर्चाको विषय बन्यो चिप्लेढुंगामा कसले पोत्यो पहेंलो रंग ? रंग लगाउने व्यक्ति कुनै संघसंस्था नभई ढुंगा अगाडिकै घरको धनी रहेको खुलेको छ ।

ढुंगा अगाडिकै घरको धनी यौ माया गुरुङ्गले आफूले ढुंगालाई राम्रो बनाउन रंग लगाएको प्रतिक्रिया दिएकी छिन् । महानगर समेत बेखबर बनेको थियो । यसको संरक्षणमा लायन्सहरु लागेकाले लायन्स क्लबको काम नै हो कि ? भनेर आशंका समेत व्यक्त गरिएको थियो ।

लायन्स क्लब अफ हेम्जा संरक्षण बर्ष २०१७–१८ का अध्यक्ष नवराज त्रिपाठीले आफुहरुले ढुंगा संरक्षण गर्ने हेतुले ढुङ्गाममा बार लगाएको भए पनि प्राकृतिक स्वरुप विगारेर रंग नलएको स्पष्ट पारिसकेका छन् ।

यसबारेमा महानगरका प्रमुख मान बहादुर जिसीले यसबारे आफूलाई पनि थाहा नभएको बताएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ