पोखरामा तीन साता अघि लगातार तीन दिन प्याराग्लाइडिङ एकपछि अर्को दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, दुई जना घाईते भए । त्यसपछि बल्ल प्याराग्लाइडिङका विषयमा थोरै भएपनि गम्भिर बन्यो । यसतर्फ चनाखो बनेको सुरक्षा निकायले पोखराका प्याराग्लाइडिङ कम्पनीहरुको विकृति एकपछि अर्को गर्दै फेला पार्दै गएको छ ।
अनुगमनका क्रममा आइतबार वडा प्रहरी कार्यालय बैदामले फर्जी प्यारापाइलटद्वारा व्यावसायिक (टेन्डम) उडान गर्दै आइरहेका आठजनालाई नियन्त्रणमा लिएको जनाएको छ । पोखराका विभिन्न कम्पनीमार्फत उनीहरुले यात्रुसहित उडान भरी अवतरण गर्ने क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनायो।
प्रहरीको नियन्त्रणमा परेकाहरुमा हरिप्रसाद भण्डारी, जीवन क्षेत्री, विशाल लामा, पवन शर्मा, नवीन परियार, कमल तिमिल्सिना, रामबहादुर तामाङ र दीपक पहारी छन्। लाइसेन्स साथमा नभएका तर यात्रुसहितको उडान भर्ने आठजनालाई नियन्त्रणमा लिएर छाडिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएसपी कोमल शाहले जानकारी दिए। अनुसन्धान भइरहेको र दोषी पाइएमा कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने डिएसपी शाहले बताए।
बैदाम प्रहरीले बुद्ध प्याराग्लाइडिङ कम्पनीका महेन्द्रबहादुर भट्टराईको जिम्मा लगाई आठैजनालाई जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्ने गरी सोही दिन नै छाडेको थियो। समाधान दैनिकले समाचार छापेको छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो