प्रधानमन्त्रीले हामीलाई निमिट्यान्न पार्ने धम्की दिए : राप्रपा

प्रधानमन्त्रीले हामीलाई निमिट्यान्न पार्ने धम्की दिए : राप्रपा

dang11

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले संविधानले दिएको अधिकार प्रयोग गर्दै संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्र पूर्नस्थापना गर्न जनतामा जाने बताएका   छन् ।

‘प्रधानन्त्रीले विप्लप समूहसँग एकै लहरमा राखेर प्रतिबन्ध लाउने सांकेतिक रुपमा धम्की दिनुभयो, सक्नुहुन्छ भने कारवाही गरेर देखाउन हामी चुनौति दिन्छौं,’ अध्यक्ष राणाले भने ।

‘राष्ट्रियता, परम्परा, धर्म, सँस्कृतिको गौरव संरक्षण गर्दै प्रगति हासिल गर्ने राप्रपा (संयुक्त) को लक्ष्य हो । यसका लागि संविधान प्रदत्त मौलिक हक प्रयोग गरिरहने छौं । आवश्यक परे आन्दोलन पनि गर्छौं,’ सुर्खेतमा आयोजित पत्रकार सम्मलेनलाई सम्बोधन गर्दै राणाले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ