पोखरा । बारम्बारको ताकेता, म्याद थप गर्दा पनि कर तिर्न अटेर गर्ने पोखराका ८ वटा प्याराग्लाइडिङ कम्पनीलाई उडानमा रोक लगाएपछि बल्ल करको दायरमा आएका छन् । सोमबार उड्न नपाएपछि ति कम्पनीहरुले पोखरा महानगरपालिकामा दर्ता र नवीकरण शुल्क बुझाएका छन् । अझै दुई दर्जन कम्पनी करको दायरमा आएका छैनन् ।
गोल्डेन हेभन, एडभान्स, फ्लाई टिजी, नमस्ते, हिमालयन स्काई, अन्नपूर्ण, एरोलाइट र ड्राइगन फ्लाईले जरिवानासहित शुल्क तिरेका हुन् । सोमबार यी ८ वटा कम्पनीको गाडी नियन्त्रणमा लिई उडान रोकिदिएको थियो । शुल्क बुझाएपछि महानगरले तिनका गाडी छोडिएको वडा १८ अध्यक्ष रणबहादुर थापाले जानकारी दिए । ती कम्पनीहरुले ९१ हजार रुपैयाँका दरले रकम बुझाएको जानकारी दिए ।
अब दर्ता हुने कम्पनी ४४ पुगेका छन् । यसअघि नै कारबाही स्वरुप ११ कम्पनीले ५ हजार जरिवाना र ८६ हजार शुल्क बुझाएका थिए ।

पोखरा महानगरपालिकाले हरेक प्याराग्लाइडिङ कम्पनीलाई २५ हजार रुपैयाँ दर्ता शुल्क तोकेको छ । नवीकरण शुल्क पनि त्यति नै छ । पोहोर यो शुल्क ५० हजार थियो । प्रदेश सरकारले पर्यटन शुल्क वापत १ लाख लिने भएपछि महानगरले ५० हजारबाट घटेर २५ हजार लिने निर्णय गरेको थियो । चार वर्ष अघि ५ हजार तोकिएको थियो ।
महानगरले व्यवसाय स्वीकृति लिन फागनु २२ गतेसम्मका लागि म्याद तोकेको थियो । उक्त म्यादमा जम्मा २ वटा कम्पनीले मात्रै व्यवसाय दर्ता गरेका थिए । त्यसपछि क्रमश अरु पनि दर्ता हुँदै आएका हुन् । दर्ता नभएकाहरुलाई महानगरले उडान रोक्न अडान राखेको छ । कास्कीमा सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र ढिकीडाँडाबाट प्याराग्लाइडिङ उडाउन अनुमति छ ।
[नोटः तस्विर र समाचार सम्बन्धित छैनन् ।]
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो