चुमनुब्री गाउँपालिकाकी १७ बर्षीया एक अविवाहित सुत्केरी गोरखा अस्पतालको प्रसुती कक्षको सात नंबर शैयामा बिगत छ दिनदेखि स्वास्थ्य लाभ गरिरहेकी छन् । चौथो दिनसम्म अभिभावक बिहिन उनलाई सोलुखुम्बुका दिपक थापाले हेरचाह गरे । पाँचौं दिनमा दुई जना दाजुहरु आएपछि थापा आफ्नो काममा लागे ।
सुत्केरीको मौखिक उजुरीको आधारमा धार्चे गाउँपालिका ७ भीरकुनाका राते भनिने छमबहादुर गुरुङलाई लार्के प्रहरी चौकीबाट खटिएका प्रहरीले पक्राउ गरी ल्यायो । सुरुमा बच्चा आफ्नो भनेर अस्वीकार गरे पनि सुत्केरीसंग भेट गराएपछि उनले बच्चा स्वीकार गरेका जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए । सुत्केरीसंगको भेटमा गुरुङले अबदेखि आ(आफ्नो बाटो हिड्न दबाब दिन थाले ।
‘जे हुनु भयो, अब तिमी आफ्नो बाटो हिड, म आफ्नो बाटो हिड्छु किनभने तिमीसंग बिहे गरेँ भने मेरो अर्को श्रीमती छ । तिमीलाई पनि टेन्सन, मलाई पनि टेन्सन, मेरो श्रीमतीलाई पनि टेन्सन’, अपरेशन गरेर बच्चा निकालिएकी छ दिनको सुत्केरीसंग गुरुङले अस्पतालको शैयामा भने, ‘बरु मैले के गर्नुपर्छ गर्छु ।’ छ महिना पछि पहिलो पटक भेट भएका रातेको निष्ठुर बचन सुनेपछि किशोरीले अझै अन्तिम प्रयास गरिन्, ‘अहँ, म त तिमीसितै बिहे गर्ने हो ।’ रातेसित आएकी जेठी श्रीमतीले पीडा पोखिन्, ‘ए, हुन्छ नि । उसोभए म कता जाने हो, बाटो देखाइदे ?’ साथमा आएकी उसकी श्रीमतीको पीडासंग जब सुत्केरी किशोरीको पीडा ठोक्कियो तब रातेसंग बिहे गर्ने सपना चकनाचुर भयो ।
अब सुरु भयो पैसाको ‘बार्गेनिङ’ ।
आफूलाई १० देखि १५ लाख रुपियाँसम्म चाहिने किशोरीको दाबी रह्यो । तर रातेले भने दुईलाखबाट बार्नेनिङ सुरु गरे । दस, पन्द्रलाख रुपियाँ अहिले दियो भने पछि नाबालक पाल्न धौ पर्ने, नाबालकले दुख पाउने घुर्की र चेतावनीपछि सुत्केरी किशोरी पाँच लाखसम्म झरिन् । ‘पाँचलाख भन्दा त घट्दै घट्दिन’ भनेर किशोरीले चारफेर अडान लिएपछि राते तीनलाखसम्म दिन तयार भए ।
पैसाको बार्गेनिङको रोहोबरमा प्रहरी असई, किशोरीका चिनजान का दिदीबहिनीहरु रातेका मामा लगायतका साथीभाइ पनि थिए । अन्ततः एकसाताभित्र तीनलाख रुपियाँ दिने, छ बर्षपछि बच्चाको जिम्मा लिने, बच्चाको नागरिकता, जन्मदर्ता बनाइदिने मौखिक सहमतिमा प्रहरीले रातेलाई आफन्तको जिम्मा लगाएर पठायो । ‘उनीहरुको बाहिर, बाहिरै के सहमति बन्यो हामीलाई थाहा भएन । हामीले बोलाएको बेला आउने सर्तमा उसलाई रिहा ग¥यौं’, एसपी रावलले भने, ‘कि जबर्जस्ती करणी भनेर हामीलाई उजुरी आएको भए, कि बहुबिबाह भनेर उजुरी आएको भए मुद्दा चलाउन सकिन्थ्यो ।’
कुनै खालको लिखित निवेदन नआएकाले कारबाही अघि बढाउन नसकिएको रावलको तर्क छ । ‘पहिलो कुरा त कुनै मागदाबीको निवेदन नै हामीसंग परेको छैन’ घटनाको अनुसन्धान गरेकी प्रहरी निरीक्षक कमला नराल भन्छिन्, ‘श्रीमान, श्रीमतीको नाता कायम गराइदिउँ भने २० बर्ष नपुगेकीलाई बिहे गराइदिन पनि हुदैन । त्यसमाथि पनि बहुबिबाह गराइदिन हुदैन । जबर्जस्ती करण भनुँ दुवै जनाले सहमतिमै भएको स्वीकार गरिसकेका छन् । असजिलो परिस्थिति परेकाले बाहिरै मिलेर आए अनुसार रिहा गरिएको हो ।’ गोरखाको दरौँदी दैनीक पत्रिकाले यो खबर छापेको छ ।
सम्बन्धित खबर
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
गण्डकी प्रदेश प्रमुखको स्वास्थ्य सुधारोन्मुख, भेटघाट बन्द
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
गण्डकी प्रदेश प्रमुख भट्ट अस्वस्थ
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो