पोखरा । पोखराको मुख्य बजार केन्द्र चिप्लेढुंगा । सडक छेवैमा रहेको चिप्लो ढुंगाकै नामबाट यस क्षेत्र चिप्लेढुंगा नामले चिनिन्छ । तर, अहिले ढुंगा नै पहेंलपुर छ । चिप्लेढुङ्गाको इतिहास बोकेको ढुङ्गाको प्राकृतिक रङ्ग बिगारेर पहेलों रंग कसले पोत्यो ? महानगरलाई पत्तै छैन ।
पोखरामा लायन्सहरु धुमधामका साथ समारोह गर्छन् तर आफैले गरेको फोहोर समेत कार्यक्रमस्थलबाट उठाउँदैनन् भनेर चर्को आलोचना हुँदै आएको हो । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ को भव्य कार्यक्रम यहाँ हुँदैछ । पहेंलो रँगसँग प्रत्यक्ष जोडिन्छन् उनीहरु । लोगो नै पहेंलो रंगमा निलो घेरा छ । सामाजिक सञ्जालमा चर्को विरोध हुँदा पनि यसको जिम्मेवारी भने कसैले लिएको छैन ।
पोखराको ब्यस्त बजारमा रहेको ढुङ्गामा रङ्ग कसले लगायो भन्नेबारेमा महानगर नै बेखबर छ । ढुंगाको संरक्षणका लागि बार लगाउने पनि लायन क्लब नै थियो । लायन्स क्लब अफ हेम्जाले ढुङ्गाको संरक्षण गर्न उत्तरदायित्व बहन गर्दै बार लगाएको थियो । तर, उक्त क्लबका प्रतिनिधिले कसले रंग पोत्यो ? भन्दै अचम्म ब्यक्त गरेका छन् ।
लायन्स क्लब अफ हेम्जा संरक्षण बर्ष २०१७–१८ का अधक्ष्य नवराज त्रिपाठीले फेसबुकमा लेखेका छन् ‘ढुङ्गाको प्राकृतिक स्वरूप नै बदलिने गरेर ढुङ्गा हो कि सिमेन्टको थुप्रो हो भन्ने नछुट्टिने गरि कसले रङ्ग पोत्यो ? हामी अचम्मित छौं ।’
यसबारेमा महानगरका प्रमुख मान बहादुर जिसीले यसबारे आफूलाई पनि थाहा भएको तर कसको काम हो ? पत्तो पाउन नसकेको बताए । उनले भने– ‘मैले कसले गर्यो भन्ने जानकारी पाएको छैन, जो सुकैले गरेको भए पनि चिप्लेढुङ्गामा रङ पोत्नु राम्रो भएन हामी कारवाही गर्छौ । चिप्लेढुङ्गा जे जस्तो अबस्थामा थियो त्यही पुरानै अवस्थामा फर्काउनुपर्छ त्यो भन्दा बढी हामी केही जान्देनौं ।’
सडकलाई नै बाधा पुगेपनि अस्तित्व कायम गर्नका लागि ढुंगा हटाइएको छैन । पार्किङले पनि छेकिने यस ढुंगालाई संरक्षणका लागि सोच्नुपर्ने जरुरी भएको छ ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो