पीएसएलको ड्रिम टिममा सन्दीप लामिछाने !

पीएसएलको ड्रिम टिममा सन्दीप लामिछाने !

Sandeep-Lamichhane

काठमाण्डाै – नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पीएसएलको ड्रिम टिममा पर्न सफल भएका छन् । पीएसएलको यो सिजन सकिएसँगै सार्वजनिक गरिएकाे टिम अफ् द पीएसएलमा सन्दीप १२ औं खेलाडीका रुपमा रहन सफल भएका हुन् ।

पीएसएलमा गरेको प्रदर्शनको आधारमा छनोट समितिले एबीडी भिलियर्सको कप्तानीमा ड्रिम टिम सार्वजनिक गरेको हो । लाहोर कलन्दर्सबाट पीएसएलमा डेब्यू गरेका सन्दीपले प्रतियोगितामा कुल ७ खेल खेल्दा ११ विकेट लिएका थिए । उनको इकोनोमी रनरेट ७ दशमलब ६६ रहेको छ ।

प्रतियोगितामा व्यक्तिगत राम्रो प्रदर्शन गरेपनि सन्दीपको टिम भने कुल १० खेलमध्ये ३ खेलमा मात्र जित हात पार्दै तालिकाको पुछारमा रहन पुग्यो ।

प्रतियोगिताको यस संस्करणको उपाधि भने क्वेटा ग्लाडिएटर्सले जितेको छ । आइतबार राति भएको फाइनलमा पेशावर जाल्मीलाई ८ विकेटले हराउँदै क्वेटा ग्लाडिएटर्सले उपाधि जितेको हो

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ