रञ्जन अधिकारी, पोखरा । सिन्धुपाल्चोकका ईश्वर बहादुर तामाङले फेरि इमान्दारिताको उदाहरण प्रस्तुत गरेका छन् । पेशाले चालक उनलाई पटक पटक यो मौका मिलेको छ । चोरेर ठगेर खानेहरुको जमात बढिरहँदा इमानको कमाईले बाँच्ने ईश्वरले फेला परेका सामान समेत खोजी खोजी बुझाउँदै आएका छन् ।
पोखरा बगरका युवा बाबुराम तिवारी (राजेश) ले आफ्नो ज्याकेटको खल्तीबाट ९१ हजार खसाईरहँदा ईश्वर सम्झिए । तर, सो रकम ईश्वर जस्ता मनकारीको हातमा पुग्यो र त फिर्ता पाए । ईश्वरले केहि समय अघि डेढ लाख फिर्ता गरिसकेका थिए भने स्मार्टफोन समेत आफै फोन गरेर फिर्ता लगिदिए । साथीहरुले फेला परेको त हो नि, चोरेको होइन भर उक्साउथे, राख्न खोज्थे तर सक्थेनन् । अनि, बुझाईदिन्थे । ईश्वरलाई कहिलेकाहिँ आफ्नी श्रीमतीले पनि भन्छिन् – ‘बुढा यसरी अरुको फेला परेको सामानले नै पुग्छ कि क्या हो ? तर राख्नु हुन्न है अरुको पैसा । दशा लाग्छ ।’
बाबुरामको ९१ हजार पैसा पाउँदा समेत दशा लाग्छ भनेर ५ सयको चक्लेट किनेर सबैलाई बाँडे । तर, पैसा राख्न मनै मानेन । सम्बन्धित फेला परेपछि तुरुन्तै फिर्ता गरिदिए । बाबुराम आईतबार मध्यान्हतिर अमरसिंहचोक, पूरानोधारा, रानीपौवा हुँदै बगर पुगे । खल्ती छाम्दा पैसा खसिसकेको थियो । उनको होसहवास् उड्यो । रानीपौवा क्षेत्रमा खसेको अनुमान लगाए । त्यहाँसम्म चार पटकसम्म आउजाउ गरे, सर्च गरे तर पाएनन् । वरपरकासँग पनि सोधे । प्रहरीकहाँ पुगेर जानकारी पनि गराए । आश मारिसकेका थिए ।
सिन्धुपाल्चोक हैबुङका ईश्वर १२ वर्षदेखि पोखरामा छन् । फूलबारीमा बस्दै आएका उनले विगत ५ वर्षदेखि रानीपौवा स्थित धौलागिरी शुद्ध खानेपानी सप्लायर्सको गाडी चलाउँदै आएका छन् । बाबुरामको मोटरसाइकल पछाडि पछाडि ईश्वर थिए । पैसा छरिएको अवस्थामा देखे । पैसा साहोरे, पेपर पनि सँगै भेटे, सम्पर्क नम्बर देखेनन् । सबैको अगाडि पैसा गन्दा ९१ हजार रहेछ । देख्ने जतिले बाँडेर लिने कुरा पनि नआएको होइन तर मानेनन् । अरुको पसिना र मेहनत खानुहुन्न भन्दै साथीको फेसबुकबाट उनले सम्बन्धितलाई सम्पर्क गर्न भन्दै पोष्ट गरिसकेका थिए । उनलाई लागेको थियो ‘जसरी पनि खोज्दै आउँछन् ।’ सबैलाई फोन गरे । दशा लाग्छ भनेर ५ सय रुपैंयाको चकलेट किनेर बाँडे, अझै पनि गाडीमा चक्लेट बाँकी छन् । धौलागिरी बोरिङको ड्राइभरले फेला पारेको छ भनिदिनुस् है भनेर उनी घरतिर लागे । श्रीमतीले कहिल्यै लोभ गर्दिनन् भन्दै ईश्वर गमक्क हुन्छन् ।
फेसबुक शेयर मार्फत नै दारी ग्याङका सदस्य समेत रहेका बाबुरामसम्म कुरा पुग्यो । अग्रज दाजु शेखर गौतम लगायतको साथमा प्रहरी प्रतिनिधि लिएर खानेपानी बोरिङ कार्यालयमै पुगे र ईश्वरका हातबाट पैसा फिर्ता पाए । इमान्दार चालक आफूसँग रहेकोमा धौलागिरी खानेपानीका सञ्चालक विनोद थापा मख्ख छन् । आश मारिसकेको पैसा जस्ताको तस्तै फिर्ता पाउँदा बाबुराम झनै बढी खुशी थिए । सबैले ‘यस्तो जमानामा तिमी जस्तो ईमान्दार मान्छे हुँदो रैछ’ भन्दा सबैभन्दा बढी सन्तोष अनुभूति ईश्वरलाई हुन्छ । इमान्दारिताको चौतर्फी प्रशंसा हुँदा यसै मख्ख ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने