निकासी करको पैसा उठाउने विषयमा विवाद हुँदा तनहुँको सेराटारमा दाउ प्रहारबाट एक जना गम्भीर घाईते

निकासी करको पैसा उठाउने विषयमा विवाद हुँदा तनहुँको सेराटारमा दाउ प्रहारबाट एक जना गम्भीर घाईते

Masu Katne Dau

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका ६ सेराटारमा मासु काट्ने दाउ प्रहारबाट एक जना गम्भीर घाईते भएका छन् ।

सेराटार बस्ने अन्दाजी २५ वर्षीय सुनिल पराजुलीले सोही ठाउँ बस्ने ३३ वर्षीय बालकुमार श्रेष्ठलाई दाउ प्रहार गर्दा श्रेष्ठ गम्भीर घाईते भएका हुन् ।

पराजुलीले श्रेष्ठको टाउकोमा खुकुरी प्रहार गरी फरार रहेका छ्न । पराजुली लाई भगाउन सहयोग गर्ने ८ जना लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपि सिद्धीविक्रम शाहले जानकारी दिए ।

“निकासी करको विषयमा विवाद भएको रैछ सोही विवादका कारण पराजुलीले श्रेष्ठलाई दाउ प्रहार गरेको अनुसन्धानका क्रममा बुझिएको छ ।”, प्रमुख शाहले भने ।

गाउँपालिकामा टेन्डर गर्दा बालकुमार श्रेष्ठलाई परेको टेन्डर आफुले पाउनुपर्ने भन्दै विवाद गर्दै पराजुलीले श्रेष्ठ माथी आक्रमण गरेको प्रहरी प्रमुख शाहले बताए ।

निज फरार पराजुलीको खोजतलास साथै घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते श्रेष्ठको काठमाडौ स्थित ग्राण्डि अस्पतालमा उपचार भईरहेको छ । श्रेष्ठ टाउको र खुट्टामा चोट लागेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ