गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
कञ्चनपुर । निर्मला बलात्कार तथा हत्याकाण्डमा नाटकीय मोड देखा परेको छ । यसअघि प्रहरीले अनुसन्धानमा लापरवाही गरेको र वास्तविक दोषी लुकाएको भन्दै न्यायका लागि याचना गरिरहेकी निर्मलाकी आमा दुर्गादेवी पन्तले नै नाटकीय ढंगले बयान फेरेकी छन् ।
दुर्गादेवीकै भूमिका शंकास्पद
यसअघिका अभियोग फिर्ता लिने आशयको निवेदन अदालतमा दिएपछि निर्मलाकी आमा दुर्गादेवी एकाएक किन परिवर्तन भइन् भन्ने सर्वत्र चर्चाको विषय बनेको छ । ३ पुसमा दुर्गादेवी स्वयं उपस्थित भएर जिल्ला प्रहरी कार्यालयमा तत्कालीन एसपी डिल्लीराज विष्टसहितका आठ प्रहरीविरुद्ध उनले जाहेरी दिएकी थिइन् । यसमा प्रहरीले यातना दिएको दिलिपसिंह विष्टका परिवारको पनि साथ थियो ।
तर, प्रकाउ परेका ६ जना र फरार २ जना प्रहरी अधिकारीविरुद्ध सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेकै दिन दुर्गाले उनीहरुलाई कारबाही नगर्न अदालतमा निवेदन दिएको खुलासा भएको छ । दुर्गाको यो नाटकीय कदम आश्चर्यजनक मात्रै होइन शंकास्पद समेत मानिएको छ ।
दुर्गादेवीले प्रहरीले प्रमाण मेटाएको आफूलाई थाहा नभएको र बलात्कारी आफ्नै घर वरिपरि घुमिरहेको भन्दै पक्राउ गरेर सजाय दिन कञ्चनपुर प्रहरीसामु अनुरोध गरेकी छिन् । उनले सुरुवातमा पक्राउ परेका र पछि डिएनए नमिलेर छुटेका दिलिपसिंह विष्टलाई नै इंगित गरी दोषी ठहर गरेकी छन् । जबकि विगतमा तिनै दुर्गादेवीले दिलिपसिंह निर्दोष रहेको र वास्तविक अपराधी प्रहरीले नै लुकाएको आशयका अभिव्यक्ति दिने गरेकी थिइन् ।
स्थानीयस्तरदेखि काठमाडाैँसम्म अाएर वास्तविक दाेषी प्रहरीले लुकाएकाे र आफूले न्याय पाउनुपर्ने भनी आवाज उठाउँदै आएकी दुर्गादेवीले एकाएक आफ्नो बयान फेर्दै प्रहरीकै बचाउमा लाग्नुले अनेक आशंका उत्पन्न भएका छन् । कतिपयले उनलाई प्रलोभनमा पारेको या त्रासमा पारेर बयान फेर्न लगाइएको हुनसक्ने आँकलन गरेका छन् । प्रहरीको बचाउमा जाहेरी दिएपछि उनले आफूले यसअघि अरुका उक्साहट र दाबावमा लागेर काम गरेको तर अब झुटो बोलेर आफ्नै छोरीमाथि अन्याय गर्न नसक्ने सञ्चारकर्मीसँग बताउन थालेकी छन् ।
दुर्गादेवीका श्रीमान् अर्थात् निर्मलाका बाबु यज्ञराज पन्तले समेत दुर्गाकाे भूमिका शंकास्पद रहेकाे बन्दै अाक्राेश व्यक्त गर्ने गरेका छन् । प्रलाेभनमा परेर वा त्रासमा परेर के कारणले दुर्गा विगतका आफ्नै अडानबाट पछाडि हटेर आफैले दोषी भनेकालाई निर्दोष र निर्दोष भनेकालाई दोषी भनिरहेकी हुन्, साे कुरा बुझ्न नसकेकाे श्रीमान यज्ञराजकाे भनाइ छ ।
दिलिपसिंहदेखि दिलिपसिंहसम्म
यस अघि प्रहरीले बलात्कार तथा हत्याका मुख्य अभियुक्त भन्दै पक्राउ गरेकाे कञ्चनपुरकै दिलिपसिंह विष्टलाई सुरुमा निर्मलाकी आमा दुर्गादेवीले निर्दोष रहेको बताउने गरेकी थिइन् । तर अहिले आएर उनले दिलिपसिंह नै दोषी रहेको बयान दिएकी छन् ।
उनी भन्छिन्, ‘प्रहरीसँग दिलिपले अपराध स्वीकारेको मात्र सुनेकी थिएँ, प्रहरीले दबाव तथा यातना दिएर कबुल गर्न लगायो भन्ने कुरा सुनेर त्यही पत्याएँ । तर पछि प्रहरीसँगको बयानको भिडियो हेर्दा उसले बताएका घटना विवरण सबै सत्य देखिएका छन् । कसैले धम्क्याएर वा दबाव दिएर बोल्न लगाएको जस्तो लागेन ।’
यसरी पीडित पक्ष दुर्गादेवीले नै एकाएक बयान फेरेर दिलिपलाई पक्राउ गरेर जेल हाल्नुपर्ने बताउन थालेपछि कञ्चनपुर प्रहरी फेरि एकपटक अन्यौलमा परेको छ । जबकि मानवअधिकारकर्मीहरुले डिएनए नमिलेको व्यक्ति दोषी हुनै नसक्ने बताइरहेका छन् । दिलिपसिंहको डिएनए मृतक निर्मलाको भजाइनल स्वाबसँग मिलेको छैन ।
दुर्गादेवीले दिलिपसिंह विष्टविरुद्ध नबोल्न र कुने पनि उजुरी नगर्न मानवअधिकारवादीहरुले आफूलाई दबाव दिएको खुलासा समेत गरेकी छन् । तर अधिकारकर्मीकाे दाबी छ कि कसैलाई पनि दबाव दिएका छैनाैँ ।
अहिले आएर दुर्गादेवीले अब वास्तविक अपराधीलाई नै सजायँ दिलाएको हेर्न आतुर रहेको बताएकी छिन् । आफू अहिलेसम्म विभिन्न दबाव र षडयन्त्रमा फसेको भन्दै अब झूट बोलेर बाँच्नुभन्दा सत्य बोलेर मर्न तयार रहेको उनको भनाइ छ ।
यद्यपि उनको सत्य बोली कुन हो भन्नेबारे अहिले आएर अन्यौल सृजना भएको छ । के उनले विगतमा बोलेका कुरा सबै झुटा थिए र अब दिलिपसिंह नै दोषी तथा प्रहरीहरु निर्दोष भन्ने कुरा सत्य हो ? यसले फेरि प्रहरी प्रशासनलाई नै उल्लु बनाउन सक्नेतर्फ समेत विश्लेषण हुन थालेका छन् ।
पहिले पनि जेल बसेर छुटेका भनिएका ४१ वर्षीय दिलिपसिंहलाई प्रहरीले गत भदौ ४ गते पक्राउ गरी सार्वजनिक गरेको थियो । मानसिक सन्तुलन ठीक नरहेकाे भनिएका उनीमाथि प्रहरीले हिरासतमा राखी लामै अनुसन्धान समेत गरेकाे थियाे । तर पछि घटनाको ६४ दिनपछि डिएनए म्याच नभएको भनेर निर्दोष सावित भएका थिए ।
दिलिपसिंहले आफूले नै निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेको भिडियो मिडियामा सार्वजनिक समेत भएको थियो । यद्यपि साे भिडियाेकाे आधिकारिकताबारे नै शंकाहरु थिए र न्युज २४ सँगकाे एक कुराकानीमा दिलिपसिंहले प्रहरीले जबरजस्ती आफूलाई दबाव र यातना दिएको बताएका थिए ।
गत साउन १० मा साथी राेशनी बमको घरमा हाेमवर्क गर्न भनी निस्किएकी १३ वर्षीया निर्मला पन्त भाेलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । उनकाे बलात्कारपछि हत्या भएकाे पाेष्टमार्टममार्फत खुले पनि वास्तविक दाेषी काे हाे भन्नेमा अहिलेसम्म कुनै निष्कर्ष निस्केकाे छैन ।
यो समाचार news24nepal.tv बाट साभार गरिएको हो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी