नेता तथा कार्यकर्तालाई भेट्दै सिन्धुली पुगे विप्लव, जंगलमा बस्ने गरेको खुलासा

नेता तथा कार्यकर्तालाई भेट्दै सिन्धुली पुगे विप्लव, जंगलमा बस्ने गरेको खुलासा

biplop maobadi

काठमाडौं– नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरूको पहुँचभित्र नै रहेको दावी गरेको छ ।

हाल सिन्धुलीमा रहेका विप्लवको गतिविधिलाई नजिकबाट नियालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफूहरुलाई प्राप्त भएको सुरक्षा उच्चस्रोतले जानकारी दिएको छ ।

केही दिनदेखि सिन्धुलीका कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई विप्वलको गतिबिधिको बारेमा जानकारी लिइरहन निर्देशन दिएको छ ।

सो पार्टीका प्रवक्ता समेत रहेका विश्वकर्मा अहिले दाङमा रहेकाले उनको गतिविधिलाई समेत निगरानी गर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ । समाचार सन्दर्भ लोकान्तर

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ