यसरी सुरु भएको थियो पब्जी गेम

यसरी सुरु भएको थियो पब्जी गेम

pabji game

भिडियो गेम भन्दा तपार्ईलाई विभिन्न भिडियो गेमको याद आउँछ होला । विश्वमा सर्वप्रथम सन् १९५८ अक्टोबरमा भिडियो गेमको सुरुवात भएको थियो, जसको नाम थियो PONG । अहिलेको यो आधुनिक युगमा हामीलाई प्रविधिले धेरै कुरा सहज र सरल बनाइदिएको छ ।

अहिलेका धेरै मानिसमाझ एउटा लोकप्रिय शब्द सुनिन्छ, जुन शब्द हो– PUBG । PUBG भनेको एउटा भिडियो गेम हो । यसको पूरा रुप Player UnknownÚs Battle Grounds हाे, जुन इन्टरनेटको माध्यमबाट मात्र खेल्न सकिन्छ । यो गेम खेल्न मोबाइलमा करिब २ जिबी र्यामको आवश्यकता पर्दछ । यो गेम विश्वमा करिब हरेक दिन २ करोड व्यक्तिले खेल्ने गर्छन् ।

यो नेपालसहित विश्वका अधिकांश देशमा खेलिन्छ । यो गेम सन् २००० मा निर्मित जापानी चलचित्र ब्याटल रोयलमा आधारित छ । पब्जी गेम दक्षिण कोरियाको Blue Hole कम्पनीको सहायक कम्पनी पब्जी कर्पाेरेशनले बनाएको   हो । यो गेम Brenden Greene ले बनाएका थिए, जो पब्जी गेमका लिड डिजाइनर र डाइरेक्टर हुन् । उनलाई नै अनलाइन स्टेजमा Player Unknown को नामले पनि चिनिन्छ । Brenden सुरुमा गेम डिजाइनर होइनन् ।

Image result for PUBG 2017 bit version

आयरल्यान्डमा जन्मिएका उनी फोटोग्राफर, ग्राफिक डिजाइनर र वेब डिजाइनर थिए । उनी आफ्नोे कामको लागि ब्राजिलमा बस्थे । उनलाई गेम खेल्न निकै मन पथ्र्याे । उनी धेरै प्रकारका भिडियो गेम खेल्थे । एक दिन उनी DAYZ भिडियो गेम खेलिरहेका थिए । उनी यो गेम र Battle Royal फिल्मबाट निकै प्रभावित भए र अब म पनि गेम बनाउँछु र उद्योगमा प्रवेश गर्छु भन्ने निर्णय गरे । गेम उद्योगमा छिर्नको लागि उनले प्रोग्रामिङ सिके । यो सिकिसकेपछि उनले विभिन्न गेममा भएका कमजोरीहरु खोजेर परिवर्तन गरे ।

उनी एउटा यस्तो गेम बनाउन चाहन्थे, जसलाई जति पटक खेले पनि खेलिरहौं लागोस् । उनको यो सोचबाट प्रभावित भई सोनी अनलाइन इन्टरटेन्मेन्टले उनलाई आफ्नोे कम्पनीमा H1Z1 गेमको कन्सल्टेन्टमा सामेल गरायो । यो काम पूरा हुनासाथ उनले सोनी अनलाइन इन्टरटेन्मेन्ट कम्पनीको जब छोडे । ब्रान्डेनको जस्तै सोच रहेका दक्षिण कोरियाका एक व्यक्ति थिए, जसको नाम Chang Han Kim थियो । उनको एउटा गेम डेभलपमेन्ट गर्ने कम्पनी थियो, जसको नाम थियो Ginno Games । यसको नाम २०१५ जनवरीमा परिवर्तन गरी Blue Hole राखियो ।

Chang Han Kim पनि त्यस समयमा एक Battle Royal गेम बनाउने सोचिरहेका थिए । जब उनी गेम बनाउने भनेर खोजी गर्न थाले, त्यसपछि उनलाई Brenden को क्षमताको बारेमा थाहा भयो । उनले ब्रान्डेनलाई दक्षिण कोरिया बोलाएर आफूले बनाउने सोचेको गेमको कन्सेप्ट बताए । त्यसपछि उनीहरुले PUBG गेम मिलेर बनाउने फैसला लिए । उनीहरुले यो गेम १ वर्षमा बनाउने सोच राखे । सुरुमा यो गेम बनाउन उनीहरुले ३५ डेभलपर गेम डेभलपमेन्ट गर्नको लागि राखे । पछि आवश्यकता अनुसार डेभलपरको संख्या बढेर ७० भयो ।

Image result for PUBG 2017 bit version

मार्च २०१७ मा उनीहरुले PUBG गेमको बेटा भर्जन सार्वजनिक गरे । यो गेम सबैले मन पराउन थाले । यसमा भएका केही कमजोरीहरु सुधार गरी २० डिसेम्बर २०१७ मा यो गेम सबैका लागि सार्वजनिक गरियो ।

यसैगरी फेब्रुअरी २०१८ मा एन्ड्रोइड र आइओएसको लागि पनि याे गेम सार्वजनिक गरियो । यसलाई सुरुवाती चरणमै सबैले मन पराउन थाले । सार्वजनिक भएको केही महिनामै यो विश्वको नम्बर वान गेम बन्यो । यो गेमलाई One of The Best Selling of All Time Game मा सामेल गरियो ।

यो गेमलाई अहिलेसम्म Best Multiplayer Game, pc game of the year, action game of the year , espoerts game of the year, Trending Game of the year तथा अन्य धेरै अर्वाडहरु प्राप्त भइसकेको छ ।

पब्जी सार्वजनिक भएको ३ दिन भित्रमा यसले ११ मिलियन अमेरिकी डलर कमाइ गरिसकेको थियो । सार्वजनिक भएको ४ हप्ताभित्रै करिब १ करोड राउन्डभन्दा पनि बढी खेलिसकिएको थियो । ब्रान्डेनले पब्जी बनाउनुअघि Arma III / King of the kill जस्ता ब्याटल सोयल गेमको डिजाइनर र कन्सल्ट गरिसकेका थिए ।

पब्जीकाे Erangel MaP पनि Brenden ले नै डिजाइन गरेका थिए । दोस्रो विश्वयुद्धमा यो आइल्यान्ड सोभियत सेनाले कब्जा गरेका थिए । जब आइल्यान्डका जनता र सोभियत सेनाबीच युद्ध भयो, त्यसपछि यो आइल्यान्ड पूर्ण रुपमा तहसनहस भयो ।

त्यसैले गर्दा पब्जी खेल्दा जलेका गाडी, टुटेफुटेका घर, मिलिटर बेस र फ्याक्ट्री आदि देखिन्छन् । पब्जीका प्लेयर मोबाइल र कम्प्युटरमा गरी ४ मिलियर भन्दा बढी छन् ।

Image result for PUBG 2017 bit version

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds