एजेन्सी । ७८ वर्षीय अर्नेस्ट क्विन्टाना क्यालिफोर्नियाको फ्रिमन्ट सहरमा अवस्थित केसर परम्यानेन्टी मेडिकल सेन्टरमा उपचाररत थिए । उनी अस्पतालमै रहेको बेला रोेबोटमा जडित स्क्रिनको माध्यमबाट चिकित्सकको सन्देश आयो– ‘उनी केही दिनमै मर्दै छन्!’ उनका परिवारजन तथा इष्टमित्रहरूले चिकित्सकले जानकारी दिएको यो तरिकाको निकै विरोध गरेका छन्। एक पारिवारिक मित्रले विरोध जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो बिरामीलाई दया र माया देखाउने तरिका भएन।’
तर अस्पतालले परिवारको यस अपेक्षापछि पश्चात्ताप व्यक्त गरेको छ। चिकित्सकले रोबोटको माध्यमद्धारा जानकारी दिएको भोलिपल्टै बिरामीको मृत्यु भयो।
क्विन्टानाकी छोरीकी साथी जुलियन स्प्याङलरले रोबोटको तस्बिर फेसबुकमा पोष्ट गरेर लेखिन्, ‘हामीलाई भनियो– उहाँको दुईवटै फोक्सोले काम गरेका छैनन्, उहाँको एक मात्र उपचार भनेको सान्त्वना मात्र हो। श्वास लिनको लागि लगाइएको मास्क हटाई उहाँ नमरुन्जेल यसै राखियोस्।’
उनले पछि भनिन्, ‘यो अत्यन्त निराशाजनक अवस्था’ हो। ‘हेरचाह र प्रविधिको टक्करले सृजित चरम अत्याचार।’ ‘औषधि र उपचारमा प्रविधिको प्रगति भएको राम्रो हो तर प्रविधिको प्रयोग कहाँ र कसरी गर्ने भन्ने सीमाङ्कन हुनुपर्छ।’, उनले भनिन्।
अस्पतालमा क्विन्टानासँगै भएकी उनकी नातिनी एनालिसा विलहार्मले आफूले सकेसम्म आफ्नो आँशु रोकेको बताइन्। ‘मैले ढोकामा रोबोट उभिएको देखेँ र रोबोटमा जडित स्क्रिनमा भएका चिकित्सक कुनै कोठाको कुर्सीमा बसिरहेका थिए र रोबोटको माध्यमद्वारा भनिरहेका थिए– मैले एमआरआई फेरि हेरेँ, फोक्सो बाँकी छैन। अब केही गर्न सकिँदैन।’
‘चिकित्सकले त्यसो भनिरहदाँ म भित्रभित्रै कामिरहेकी थिएँ, म सकेसम्म नरुन र नचिच्याउन प्रयास गरिरहेकी थिएँ, किनकि त्यहाँ म र हजुरबुबा मात्रै थियौँ।’ उनले भनिन्, ‘आफ्नो जिन्दगीको सबैभन्दा दुःखद समाचार उहाँले आफ्नी ५८ वर्षीय पत्नीविना नै प्राप्त गर्नुभयो।’
जब क्विन्टानाकी पत्नी आइन् तब उनले आफ्नो बिरामी पतिलाई दुःखद खबर सुनाएको तरिकामा आपत्ति जनाउँदै अस्पतालमा उजुरी गरिन्। पछि एक जना नर्समार्फत जानकारी आयो– अस्पतालको नीति र नियम नै यस्तै छ।
केसर परम्यानेन्टी ग्रेटर साउदन अलामेडा काउन्टीकी वरिष्ठ उपाध्यक्ष मिचेल गासकिल हेम्सले एक विवरणमा भनेकी छिन्, ‘रोबोटको माध्यमबाट कुनै पनि जानकारी दिँदा एक जना नर्स वा चिकित्सक कोठामा अनिवार्य हुनुपर्छ।’
उनले भनिन्, ‘बिरामी, उनका परिवार र चिकित्सकबीचको व्यक्तिगत कुराकानीको लागि आधुनिक प्रविधिको प्रयोगलाई हामी समर्थन र प्रोत्साहन पक्कै पनि गर्दैनौँ । हामी यो गल्तीलाई एक अवसरको रुपमा लिनेछौँ र आधुनिक प्रविधिमा गनुपर्ने सुधारका बारेमा सोच्नेछौँ।’
समाचार सन्दर्भ नेपालखबरबाट
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध