बन्दैन कि ? भन्दा भन्दै बन्यो पोखरा इन्टरनेशनल एयरपोर्ट । २५ दिनमै धावनमार्ग तयार भइसक्ने

बन्दैन कि ? भन्दा भन्दै बन्यो पोखरा इन्टरनेशनल एयरपोर्ट । २५ दिनमै धावनमार्ग तयार भइसक्ने

pokhara airpot

पोखरा । झण्डै ४ दशक अघिदेखिको योजना, मुआब्जा विवादका कारण समयम समयमा विवाद, ठेक्का प्रकरण, बजेट, लगानीका कारण एयरपोर्ट नबन्ने हो कि ? संशय कायमै थियो । अब पोखराबाट सिधै विदेश उड्न २ वर्ष पनि पर्खनुपर्दैन । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको मुख्य धावनमार्गको काम अबको २५ दिनभित्र निर्माण सम्पन्न हुने भएको छ । विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीले हालसम्म ३० प्रतिशत काम पूरा गरिसकेको छ । रनवेको काम २५ दिनभित्रै हुने प्रोजेक्ट म्यानेजर विनेश मुनकर्मीले जनाएका छन् ।

२०१७ को नोभेम्बरदेखि काम सुरु गरेको कम्पनीले २०२१ को जुलाइ १० मा निर्माण सक्ने सम्झौता गरेपनि ६ महिना अगावै निर्माण कार्य सक्ने गरी कामलाई तीब्रता दिएको छ । २०२१ जुलाईदेखि नै उडान भर्ने योजना रहेको छ । १८० सिट क्षमताको जहाज र अहिले विश्वका धेरै देशहरूमा उडान भरिरहेका मझौला खालका विमानले पोखराबाट उडान भर्नेछन् ।

अहिलेसम्म एप्रोन पार्किङ, आठवटा ढलनिकास निर्माण सकिसकेको, रनवे र ट्याक्सीको २ चरण ढलानको काम सकिएको मुनकर्मीले जनाएका छन् । चिनियाँ र नेपाली गरेर चार सय ५० जनाभन्दा धेरै मजदुर विमानस्थल निर्माणमा खटिएका छन् ।

त्यस्तै, गत भदौ ६ गते तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले शिलान्यास गरेको १४ हजार वर्गमिटरमा बन्ने टर्मिनल भवनको पनि फाउण्डेशन तयार भइसकेको छ । विमानस्थलको क्षेत्रमा कडा प्रकृतिको माटो रहेकोले बम ब्लास्टिङ गर्ने तयारी थालिएको छ । ब्रोकर, डोजरले तीन महिनामा हुने काम बिस्फोट गरेपछि एक महिनामै हुने बताइएको छ । यसका लागि बम लगायतका सामग्री ल्याउन नौ महिनाको प्रक्रिया बल्ल पूरा भएको मुनकर्मीको भनाई छ ।

विस्तृतमा थाहाखबरका लागि सन्तोष अधिकारीले लेखेका छन्:

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल: २५ दिनमा धावनमार्ग निर्माण सम्पन्न हुने

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds