काठमाडौं : भारतको राजनीति आम चुनाव नजिकिँदै गर्दै सामाजिक सञ्जालमा चुनावी फन्डाले भरिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा आफ्नो नाम अगाडि ‘चौकिदार’ राखेका छन्। मोदीसँगै सत्तारुढ भारतीय जनता पार्टीका अधिकांश नेताले ‘चौकीदार’लाई नामका अगाडि राखिरहेका छन्।
उता कांग्रेस नेता तथा समर्थकले भने ‘चौकीदार चोर है’ अभियान नै सुरु गरेका छन्। उनीहरुले सामाजिक सञ्जालमा नामको अगाडि ‘चौकीदार चोर है’ लेख्ने अभियान नै चलाएका छन्। कांग्रेसका नेतादेखि कार्यकर्तासम्मले सामाजिक सञ्जालमा नामको अगाडि ‘चौकीदार चोर है’ लेख्न सुरु गरेका हुन् ।
भाजपाका नेता तथा कार्यकर्ताले भने ‘मे भी चौकीदार’ अभियानलाई फेसबुक र ट्विटरमा व्यापक बनाएका छन्। प्रधानमन्त्री मोदीले ‘मे भी चौकीदार हुँ’ बोलको गीत ट्विट गरेपछि भाजपाभित्र यो अभियान लोकप्रिया बनेको हो। ट्विटरमा मोदीले आफ्नो नामको अगाडि ‘चौकीदार’ राखेका छन्। त्यसको विरोधमा कांग्रेस नेता सलमान निजामीले भने नामको अगाडि ‘चौकीदार चोर है’ लेखेका छन्।
प्रधानमन्त्री मोदीसँगै भाजपाका अधिकांश नेताले सामाजिक सञ्जालमा नामको अगाडि ‘चौकीदार’ लेख्न भ्याएका छन्।
मोदीले देशको चौकीदार आफू पनि भएको भन्दै नामका अगाडि चौकीदार लेखेपछि भाजपाका अन्य नेताले त्यसलाई अनुशरण गरेका हुन्। सामाजिक सञ्जालमा ‘मे भी चौकीदार’, ‘चौकीदार फिरसे’ अभियान नै चलेको छ।
अहिले भारतमा #MainBhiChowkidar र #ChowkidarPhirSe ट्विटर ट्रेन्डिङ बनेको छ। यो समाचार अन्नपूर्णपोष्टबाट साभार गरिएको हो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो