पाकिस्तानमा गुडिरहेको रेलमा आक्रमण, ४ जना मारिए

पाकिस्तानमा गुडिरहेको रेलमा आक्रमण, ४ जना मारिए

pakistan-dawn

पाकिस्तान– पाकिस्तानको पश्चिमी बलोचिस्तान प्रान्तमा एउटा रेलमा बम विष्फोट हुँदा कम्तीमा ४ जनाको ज्यान गएको छ ।

बलोचिस्तानको डेरा मुराद जमिल क्षेत्रमा लिकमा राखिएको बम विष्फोट भएको  हो । आक्रमणमा मारिनेमा एक महिला तथा उनकी एकजना छोरीसमेत रहेको अधिकारीले जनाएका छन् ।

आक्रमणमा अरु ६ जना घाइते भएका छन् । आक्रमणकारीले रेलको लिकमा बम राखेको र बम राखिएको स्थान माथिबाट रेल गुड्नेबेला विष्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमण भएको रेल पाकिस्तानको रावलपिण्डीबाट बलोचिस्तानको राजधानी क्वेट्टा शहर जाँदै गरेको जाफर एक्सप्रेस रहेको बताइएको छ ।

विष्फोटनको चपेटामा परेको रेलको एक भागमा क्षति पुगेको छ । आक्रमणको तत्काल जिम्मा कसैले लिएको छैन ।

पाकिस्तानले बलोचिस्तानमा हुने पृथकतावादी गतिविधिमा भारतको हात रहेको आरोप लगाउँदै आएकोमा भारतले भने त्यसको खण्डन गर्ने गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ