वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वे्दिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लि चिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् ।
उनले दाबी गरेअनुसार उनको जन्म सन् १७३६ मा भएको थियो भने उनीसँग सम्बन्धित तथ्यका अनुसार उनको जन्म सन् १६७७ मा भएको हुनसक्ने अनुमान गरिएको छ । तर उनको दाबी र तथ्यका आधारमा अनुमानित उमेर पनि अन्य सामान्य मानिसको भन्दा वर्षौं धेरै पाइएको छ ।
उनी आफैले दाबी गरेको जन्म मितिअनुसार उनको उमेर १९७ वर्ष हुन आउँछ भने तथ्यमा आधारित अनुमानका अनुसार २५६ वर्ष थियो । उनको जन्म मितिका बारेमा ठ्याक्कै अभिलेख नभएका कारण वैज्ञानिकहरुले पनि उनको दाबीलाई खारेज गरिदिएका थिए ।
सिचुवान प्रान्तका बासिन्दा रहेका उनी आफ्नो जीवनका प्रायः समय डाँडाकाडा तथा पहाडी क्षेत्रमा बिताउँथे । जडिवुटी र भातबाट बनेको जाँड उनको मुख्य आहार थियो । करिब ७२ वर्षको उमेरमा लि सेनाका प्रान्तीय कामाण्डर जोङचाईका रणनीतिक तथा मार्सल आर्टका गुरुका रुपमा नियुक्त भएका थिए ।
मे ६ १९३३ मा उनको मृत्यु भएको थियो । उनले जीवनभर २४ जनासँग विवाह गरेका थिए भने २०० बच्चा जन्माएका थिए । मृत्युको समय उनका बच्चाहरुको ११ पुस्ता पुगेको बताइन्छ । उनको मृत्युपछि उनका उत्तराधिकारीले उनको २५० वर्ष लामो जीवनका बारेमा पुस्तक लेखेका थिए ।
अहिलेसम्म पनि उनको जन्म मिति कहिले थियो भन्ने यकिन हुन सकेको छैन । सन् १९३० मा चेङ्दु विश्वविद्यालयका प्राध्यापक उ चुङ चेईले न्युयोर्क टाइम्समा प्रकाशित को सामाग्रिका अनुसार लिका बारेमा सन् १८२७ आर्थत लि १५० वर्षको हुँदादेखि सरकारले शुभकामना पठाउने गरेको र १८७७ मा २०० औं वर्षको अवसरमा उनलाई सरकारले ब्यक्त गरेको शुभकामना सन्देशका बारेमा उल्लेख गरेका थिए ।
त्यस्तै सन् १९२८मा न्युओर्क टाइम्समै प्रकाशित अर्को समचारमा लिका छिमेकीको अन्तर्वार्ता समावेश गरिएको थियो । समाचारमा छिमेकीहरुले आफ्ना हजुरबुवाहरुले आफू केटाकेटी हुँदादेखि लि लाई चिन्ने गरेको बताउने गरेको बताएका थिए ।
इभिनिङ इन्डिपेण्डेन्टमा प्रकाशित सामाग्रीका अनुसार लामो जीवनको रहस्य उनले प्रयोग गर्ने आयुर्वे्दिक औषधीमाथिको परिक्षण र प्रयोग रहेको बताइएको छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु