गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्राहरुलाई प्रश्नपत्रसँगै सेनेटरी प्याड बितरण गर्ने भएको छ।
मन्त्रालयले यहि चैत्र १० गतेदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई) मा समावेश हुने छात्रालाई प्याड वितरण गर्ने भएको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत् छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै सेनेटरी प्याड वितरण गर्न लागेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले निमित्त एकाइ प्रमुख केशबहादुर बुढाथोकीलाई रु १५ हजार बराबरको प्याड खरीद गर्न चेक हस्तान्तरण गरेका छन् ।
मन्त्रालयका अधिकृत अर्यालले छात्रामा हुने महीनावारीलाई सहजरूपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन प्रदेशभित्रका सबै जिल्लामा सहयोग गरिएको बताए ।
‘छात्रा महीनावारी भएको समयमा विद्यालयमा सहभागी नहुने गरेको पाउने गरेका छौँ, महीनावारीको समयमा कुनै पनि छात्राको एसइई परीक्षा प्रभावित नहोस् भन्नका लागि सेनेटरी प्याड वितरण गर्ने व्यवस्था मिलाएका हौँ ।’ अर्यालले भने ।
सम्बन्धित खबर
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता
म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
म्याग्दीको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित
म्याग्दी बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघका क्षेत्री विजयी
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर