पोखरा । स्थानिय कर नबुझाउने, नविकरण नगर्ने र दर्ता नगर्ने प्याराग्लाइडिङ कम्पनीलाई रोक्ने गरी पोखरा महानगरपालिका अगाडि बढ्ने भएको छ । चालु आर्थिक बर्ष असार मसान्तसम्म पनि स्थानिय कर सहित नविकरण तथा दर्ता नगराएको खण्डमा प्याराग्लाइडिङ कम्पनीलाई खारेज नै गर्ने पोखरा महानगरपालिकाकाका प्रशासकीय अधिकृत शेषनारायण पौडेलले बताएका छन् ।
२९ वटा प्याराग्लाइडिङ कम्पनी अझै पनि करको दायरामा आएका छैनन् । कानुनी राज्यको उपहास गर्दै उनीहरुले दादागिरी शैलीमा आफ्नो विजनेश गरिरहेका छन् । आजको मितिसम्म पोखरामा रहेका ३१ वटा प्याराग्लाइडिङ कम्पनीहरुले मात्र हालसम्म नविकरण गरेको उनले जनाए ।
पोखरा महानगरपालिकामा राजश्व परामर्श समितिको शनिबार बसेको बैठकले करको दायरामा नआउनेलाई खारेज गर्ने निर्णय गरेको उनले जनाए । पोखरामा हाल ६० वटा प्याराग्लाइडिङ कम्पनी रहेका छन् । ५० वटा जसोले निरन्तर उडान गर्दै आएका छन् ।
आइतबारदेखि नै नविकरण शुल्कमा थप ५ हजार जरीवाना हुने भएको छ । यसअघि पटक पटक ताकेता गर्दा बल्ल बल्ल २९ वटा कम्पनी करको दायरमा आए । नत्र, चार वर्षदेखि जम्मा एउटा कम्पनीले मात्र प्रक्रिया र विधि अनुसार व्यवसाय गर्दै आएका थिए ।
विगत ४ बर्ष देखि एकै पटक महानगरमा कम्पनीले ८६ हजार रुपैया कर तिर्नु पर्नेमा जरीवाना ५ हजार सहित गर्दा अब चैत्र मसान्तसम्म कम्पनीले ९१ हजार रुपैया कर तिर्नुपर्ने भएको छ ।
सन्दर्भ सामाग्री: पोखरापत्र
‘नोटः समाचार र तस्विर सम्बन्धित छैनन्’
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो