गोरु काट्ने ४५ बर्षीय मिया रङ्गेहात समातिए

गोरु काट्ने ४५ बर्षीय मिया रङ्गेहात समातिए

goru

पोखरा । गोरु काट्दै गरेको अबस्थामा एक ब्यक्तिलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । झापा कचनकबल गाउँपालिका ४ स्थित खुट्टामुनीबाट गोरु काट्दै गरेको अबस्थामा ४५ वर्षिय फत्ते मोहमद मियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा सशस्त्र र जनपथ प्रहरीको गस्ती टोलीले शनिबार विहान ९ बजे मियाँलाइ घटना स्थलबाट नै पक्राउ गरिएको जिल्लाका प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले जनाए ।

मानिसलाइ जिल्ला प्रहरी कार्यालय पठाइएको र गोरुलाइ स्थानीय, जनप्रतिनिधि, पशु क्वारेन्टाइनको रोहवरमा गाडिएको छ ।

पक्राउ परेकालाइ निषेधित पशु महल अनुसार मुद्दा दर्ता भइ कम्तिमा तीन वर्ष कैद सजाय हुनसक्ने कानूनमा उल्लेख भएको डिएसपी श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ