एक युवतीले प्रेमीलाई पेटमा छुरा रोपेपछि अँगालो हाल्दै नमर्नका लागि अनुनय बिन्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ ।
मिरर डट को डट यूकेका अनुसार मेक्सिकोको ला क्यासकाडा होटल बाहिर यो जोडीको झगडा भएको थियो । झगडाले यति भयानक रुप लियो कि इरिक ओमारलाई प्रेमिकाले छुरा प्रहार गरिन् ।
प्रत्यक्षदर्शीले खिचेको भिडियोमा इरिक आफ्नो पेट समातेर बाटोमै घुँडा टेकेर बसिरहेको देख्न सकिन्छ । जबकी उनकी प्रेमिका सोनिया अमेरानी नुजेन एगुइलाले उनलाई अँगालो हाल्छिन् र चुम्छिन् ।
उक्त भिडियोमा २२ वर्षे सोनियाले ‘उसले मलाई कुट्यो, मलाई मार्न खोज्यो’ भनेको सुन्न सकिन्छ ।
उनले एकपटक चिच्याउँदै भनिन्, ‘मलाई माफ गर माया, प्लिज झुटो नबोल ।’
२९ वर्षे इरिकले आफूलाई सम्हाल्न सकिरहेका थिएनन्, उनले प्रेमिकाको आरोप अस्विकार गर्दै नजिकै उभिएकालाई सहयोग गर्न आग्रह गर्दै भने, ‘उसले मलाई मार्न चाहन्छे ।’
युवतीले झट्पट उत्तर दिन्छिन्, ‘म तिमीलाई कसरी मार्न सक्छु ? आखिर तिमीलाई माया गर्छु ।’
‘म तिमीलाई कहिले पनि यस्तो गर्न सक्दिनथेँ, तर सायद तिमीलाई थाहा नहोला, तिमीले ममाथि कस्तो व्यवहार गर्यौ ।’
ती युवकले उत्तर दिए, ‘भगवान साक्षी छन् ।’
स्थानीय मिडिया अनुसार पुलिसको कार घटनास्थलमा पुगेपनि पर्याप्त पेट्रोल नभएकाले पीडितलाई लैजान अस्विकार गरे ।
सम्बन्धित खबर
परदेशमा बागलुङबासी एकजुट, कतारमा एक करोडको अक्षयकोष स्थापना
अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु
दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु
अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध विरोध प्रदर्शन
भारतीय चलचित्र अभिनेता मनोज कुमारको निधन
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु