नेपालीले घाँस–दाउरा गर्न भारतलाई कर तिर्नुपर्ने ?

नेपालीले घाँस–दाउरा गर्न भारतलाई कर तिर्नुपर्ने ?

ghass

संकेतिक तस्बीर

आइतबार(आज) प्रकाशित कान्तिपुर दैनिकले घाँस दाउरा गर्न तिरो भारतलाई शीर्षकको समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

समाचारमा भनिएको छ– उनीहरु नेपालकै बासिन्दा हुन् । सरकारी काम परे गाउँपालिकामै पुग्नुपर्छ । तर उनीहरुले बर्सेनि भारतीय प्रशासनलाई तिरो तिर्छन् । तिरोमा नगद र जिन्सी दुबै पर्छन् ।

नेपाल भारतको सीमा नदी मोहनापारि भारतको ददुवा राष्ट्रिय निकुञ्जसँग जोडिएका कैलारी गाउँपालिकाका ३ का मोहनपुर र शिवरत्नपुर तथा ७ को हौसलापुरका बासिन्दाले हरेक माघ १ मा निकुञ्ज प्रशासनलाई वार्षिक तिरो तिर्छन् ।

मोहनपुरका ६१ घरपरिवारले चन्दन चौकी वन पोस्टमा १० किलो चामल र ५ किलो हल्दी बुझाउने गरेका छन् । त्यस्तै ३ सय प्रतिघर तीन सय रुपैयाँ पनि निकुञ्ज प्रशासनलाई बुझउँदै आएका छन् ।

तिरो बुझाएवापत निकुञ्ज छेउको जंगलबाट घाँस दाउरा बटुल्ने र बाख्रा चराउने सुविधा पाएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ