अब विश्वकप फुटबलमा ३२ राष्ट्रबाट बढेर ४८ राष्ट्र सहभागी हुने

अब विश्वकप फुटबलमा ३२ राष्ट्रबाट बढेर ४८ राष्ट्र सहभागी हुने

world cup

 सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र बढाउने निर्णय गरेको छ ।  फिफा काउन्सिलको बैठकले सन् २०२२ को विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको छ ।

सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भइसकेको छ ।यस्तै बैठकले सन् २०२२ को विश्वकपमा कतारसँगै एक सह–आयोजक राष्ट्र थप्ने निर्णय गरेको छ ।

उक्त निर्णयसँगै कतारसँगै अर्को एक गल्फ राष्ट्रमा विश्वकप हुनेछ । कतार विश्वकप जाडो मौसममा आयोजना हुनेछ । यसअघिका सबै विश्वकप गर्मी मौसममा हुँदै आएका थिए ।

फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएको थियो ।तर, फिफाको बैठकले कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरेको थियो । फिफाले कतारमा अत्यधिक गर्मी हुने जनाउँदै विश्वकप जाडो मौसम गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds