कोरियन भाषा परीक्षाको शुल्क अब ई–सेवाबाटै, नो लाइन

कोरियन भाषा परीक्षाको शुल्क अब ई–सेवाबाटै, नो लाइन

esewa

काठमाण्डौं – कोरियन भाषा परीक्षाको शुल्क यो वर्ष ई सेवाबाट पनि तिर्न सकिने भएको छ । यसअघि ग्लोबल आइएमई बैंकका शाखामै गएर तिर्नुपर्ने शुल्क यो वर्ष ई सेवाबाट पनि तिर्न सकिने भएको हो ।

बैंकबाट मात्रै तिर्न सकिने व्यवस्था गर्दा गत वर्ष समय हुँदा पनि चाप देखिएको र जसले पहिले शुल्क तिरेर फारम छिटो भर्छ त्यो नै छिटो जान पाउँछ भन्ने भ्रम पनि फैलिएकाले यो वर्ष ई सेवाबाट पनि शुल्क तिर्न पाउने व्यवस्था गरिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी  दिनुभयो ।

परीक्षार्थीले २४ डलर बराबरको नेपाली रुपैयाँ बुझाउनुपर्ने छ । ग्लोबल बैंकमा रहेको एकाउण्टमा पैसा जम्मा गरेपछि दिइने नम्बरका आधारमा लगइन गरेर अनलाइनबाटै फारम भर्न सकिने उहाँले   बताउनुभयो । यस्तै ग्लोबल बैंकको आइएमई पे बाट पनि शुल्क बुझाउन सकिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ