अपमान गरेको भन्दै क्रिस्टियानो रोनाल्डोविरुद्ध मुद्दा

अपमान गरेको भन्दै क्रिस्टियानो रोनाल्डोविरुद्ध मुद्दा

Ronald

एजेन्सी । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन क्लब युभेन्टसका सुपर स्टार क्रिस्टियानो रोनाल्डोविरुद्ध युरोपियन च्याम्पियन्स लिग फुटबलको आयोजक संस्था युइएफएमा उजुरी दिएको छ ।

च्याम्पियन्स लिग अन्तर्गत गत बुधबार अन्तिम १६ को दोस्रो लेगमा गोलपछि रोनाल्डोले ‘खराब सेलिब्रेसन’ गरेर आफ्ना समर्थकको अपमान गरेको भन्दै एट्लेटिकोले तीन दिनपछि रोनाल्डोविरुद्ध मुद्दा हालेको हो । एट्लेटिकोले पोर्चुगिज रोनाल्डोविरुद्ध लिखित रुपमा छानबिन तथा कारबाहीको माग गरेको छ ।

युभेन्टसको घरमा बुधबार भएको खेलमा युभेन्टसलाई शानदार जित दिलाउन रोनाल्डोले सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

पहिलो लेग २–० गोलले हारेपनि दोस्रो लेगमा युभेन्टसले ३–० गोलको जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । एट्लेटिको च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

युभेन्टसलाई संकटपूर्ण अवस्थाबाट कमब्याक जित दिलाउन निर्णायक भूमिका खेलेका रोनाल्डोले दोस्रो गोलपछि दुई हात गोप्य अंगतर्फ लगेर अश्लील सेलिब्रेसन गरेका थिए ।

अघिल्लो लेगमा एट्लेटिको म्याड्रिडको घरमा युभेन्टसविरुद्ध दोस्रो गोल गरेपछि टोलीका प्रशिक्षक डिएगो सिमोनीले पनि रोनाल्डोको जस्तै सेलिब्रेसन गरेका थिए ।

सिमोनीले आफ्नै घरेलु दर्शकप्रति इंगित गर्दै त्यस्तो सेलिब्रेसन गरेका थिए । रोनाल्डोले भने युभेन्टसको घरमा एट्लेटिकोको पाहुना दर्शकतिर फर्किएर सेलिब्रेसन गरेका थिए । यसबाट पाहुना समर्थकको अपमान भएको एट्लेटिकोले आफ्नो उजुरीमा दाबी गरेको छ ।

२–० को अवस्था उल्टाएर ३–२ को जित दिलाएपछि रोनाल्डोले आफ्नो घरमा एट्लेटिकोका प्रशिक्षकलाई जवाफ दिन उनकै स्टाइलमा त्यस्तो सेलिब्रेसन गरेका थिए । प्रशिक्षक सिमोनीलाई सेलिब्रेसन गरेको विषयमा युइएफएले १७ हजार युरो जरिवामा गरिसकेको छ ।

युइएफएको अनुशासन समितिले रोनाल्डोलाई दोषी ठहर गरेमा उनीमाथि कम्तीमा एक देखि बढीमा तीन खेलसम्म प्रतिबन्ध हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ