सूर्य तिमिल्सिना, मुस्ताङ । पर्यटकीय हिसाबले मात्र हैन सांस्कृतिक रुपमा समेत त्यत्तिकै धनी छ ‘मुस्ताङ’ । त्यस माथि वारागुङ अर्थात मध्य मुस्ताङको सांस्कृतिक परम्परा बेजोडको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका हरेक गाउँमा आफ्नै किसिमको सांस्कृतिक परम्परा छन् । गाउँपालिकाले आफ्नो क्षेत्रको हरेक गाउँमा हुने सांस्कृतिक परम्परालाई जोगाउन बजेट नै बिनियोजन गरेको छ । यहाँ बिभिन्न परम्परा मध्ये तारो हान्ने खेल अर्थात ‘धज्याङ’ लाई महत्वपूर्ण मानिन्छ।
शनिबार वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नं. ५ स्थित फल्याक पुग्दा बेग्लै रौनक देखिन्थ्यो । गाउँका बुढाबुढी देखि केटाकेटी सम्म सबै जना आफ्नै मौलिक पहिरनमा थिए । आफ्नो परम्परा धान्न युवा पुस्ता समेत त्यत्तिकै उत्साहित थिए । सबै जना समाज घरमा जम्मा भए।त्यसपछि आफ्नो मौलिक गीत गाउँदै तारो हान्ने खेल स्थान तर्फ लागे। उनीहरुको मौलिक गित स्थानीय बाहेक अरुले बुझिने खालको त थिएन तर त्यो गुन्जायमानले छुट्टै रौनकता प्रदान गर्दै थियो। एकैछिनमा उनीहरु तारो हान्ने स्थानमा पुग्छन् । त्यसपछि अतिथि तथा गन्यमान्यलाई खादा लगाएर स्वागत गर्छन् ।अनि प्रमुख अथिति र अध्यक्ष लगायतले तारो हान्ने स्थानको पुजा गरेपछि उक्त खेल सुरु हुन्छ ।
वारागुङ मुक्तिक्षेत्रको मौलिकता झल्काउने यस्ता परम्परा संरक्षणको लागि आफुँहरु लागि परेको कार्यक्रमको प्रमुख अथिति समेत रहेका गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताए ।सो पर्बमा आमा दिदि बहिनी समेत उल्लेख्य सहभागी भएकोमा विशिष्ट अतिथि समेत रहेकी गाउँपालिका उपाध्यक्ष दिकी गुरुङले खुशी व्यक्त गरिन् । एक हप्ता सम्म चल्ने उक्त धज्याङ पर्वको सुरुवाती दिनमै स्थानीयको उल्लेख्य सहभागिताले आफुँहरुलाई उर्जा थपेको कार्यक्रम अध्यक्ष एबम वडा नं ५ का अध्यक्ष राप्के गुरुङले बताए ।
शनिबारदेखि सुरु भएको धज्याङ पर्वका थप तस्बिरहरु:





सम्बन्धित खबर
गण्डकीको उपल्लो मुस्ताङमा प्रदेश प्रमुख, मुक्ति क्षेत्र र कोरला नाका अवलोकन भ्रमण [तस्वीरहरू]
आइएसएमटी कलेज पोखरामा रमाइलो ‘दशैं फेस्ट’ [तस्वीरहरू]
पोखरासहित देशभर धुमधामका साथ मनाइयो गाईजात्रा [फोटो फिचर]
जनैपूर्णिमामा देवालयमा श्रद्धालुको घुइँचो [तस्वीर]
पाल्पाको लाखे नाच पोखरामा देखाइयो [फोटो फिचर]
अन्तिम साउने सोमबार, केदारेश्वर मन्दिरको रौनक [तस्वीरहरू]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो