पोखरा । ठगीमा परेका विद्यार्थीको आन्दोलनका कारण ४६ दिनदेखि बन्द रहेको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा लगाइएको ताला शनिबार खोलिएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीलाई जानकारी गराएर प्रहरीको रोहबरमा ताला खोलिएको हो । गत माघ १७ देखि पठनपाठन ठप्प थियो भने कलेजको शिक्षण अस्पतालको ईमर्जेन्सी बाहेकका सेवा पनि बन्द छ ।
विद्यार्थीले प्रशासनको नाममा लेखेको पत्रमा भनिएको छ ‘वार्ता र संवादको माध्यमबाट कुनै निश्कर्ष ननिस्केपछि हामी विद्यार्थीहरु कानुनी प्रक्रियामा गइसकेको र अब न्यायीक फैसला र नियमनकारी निकायको प्रतिवेदन नआउन्जेल हामीले आन्दोलन स्थगित गर्ने निर्णय गरेका छौँ’ पठनपाठन र परिक्षा सुरु गरिदिन समेत विद्यार्थीले प्रशासन समक्ष आग्रह गरेका छन्।
प्रमुख जिल्ला अधिकारीको रोहबरमा शुक्रबार भएको वार्ता पश्चात् सोहि दिन ताला खोलिने भनिए पनि कलेज प्रशासनको प्रतिनिधित्व नभएपछि खुल्न सकेको थिएन । १६ ब्याचका एमबीबीएस अध्ययनरत ५३ जना विद्यार्थीको परीक्षा चैत २१ गतेदेखि सुरु हुँदैछ । फर्म भरेर आगामी चैत १२ गतेभित्र परिक्षा नियन्त्रण कार्यालयमा नपठाए विद्यार्थी परीक्षाबाट वञ्चित हुनेछन् । फर्म भर्ने र परीक्षामा सहभागी हुनका लागि उनीहरु ताला खुलाउन सहमत भएका हुन् । कलेजका ८६ विद्यार्थीहरुले एमबीबीएसको परिक्षा पनि दिएनन्। कलेज प्रशासनबाट प्रतिनिधित्व नभएपछि विद्यार्थीहरुको फर्म भर्ने विषय भने अनिश्चित बनेको छ । विद्यार्थी अदालत पुग्दा सञ्चालकहरु कोहि पक्राउ परेका छन्, कोहि फरार छन् । यसैकारण पनि सञ्चालक रुष्ट बनेका छन् ।
अवैधानिक रुपमा ५३ करोड रुपैयाँ बढि असुलेको आरोपमा विद्यार्थीले प्रशासनमा कलेज सञ्चालक खुमा अर्याल सहित ११ जना विरुद्ध ठगि मुद्दामा जाहेरी दर्ता भइसकेको छ । फागुन २१ गतेको उजुरीपछि पूर्व सिइओ सन्तोष खनाल र परिक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई भोलिपल्टै प्रहरीले पक्राउ गरी ठगी मुद्दामा कारवाही अघि बढाएको छ । सञ्चालक खुमा अर्याल सहित नौ जना अझै फरार छन् ।

http://gandaknews.com/gmc-case-4/
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो