गण्डकी मेडिकल कलेज सञ्चालन गर्न सञ्चालक नै गम्भिर भएनन्, ताला खोल्ने विषयमा विद्यार्थी नै बेमेल

गण्डकी मेडिकल कलेज सञ्चालन गर्न सञ्चालक नै गम्भिर भएनन्, ताला खोल्ने विषयमा विद्यार्थी नै बेमेल

gandaki medical collage ajhai banda’

पोखरा । गण्डकी मेडिकल कलेजमा बिगत लामो समयदेखि लगाइएको ताला खोल्ने या नखोल्ने भन्ने बिषयमा अझैपनि विवाद कायमै छ ।

उच्च अदालतले कलेज सञ्चालककलाई पक्राउ पुर्जी जारी गरि कानुनी कारवाही गर्न आदेश दिएपछि बिद्यार्थीहरुले कलेज र अस्पतालमा लगाएको ताला खोल्ने सहमति गरेपनि विवादका कारण अहिलेसम्म ताला खोलिएको छैन् ।आदर्श समाज दैनिकका लागि प्रकाश ढकालले लेखेका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय, विद्यार्थी र उनीहरुका अभिभावकबीच ताला खोल्ने सहमति भएपनि कलेज सञ्चालकमध्ये कसैले पनि त्यसको जिम्मा नलिएपछि ताला नखोलीएको हो ।

सञ्चालक मध्य कस्ले कलेजको जिम्मा लिने भन्ने बिषयमा छलफल गर्नका लागि प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकाय, अभिभावक, बिद्यार्थी तथा नागरिक समाजका अगुवाहरु उपस्थीत भएपनि सञ्चालक समितीका कोही पनि उपस्थीत नभएपछि ताला कसैले पनि नखोलेका हुन् ।

सञ्चालकले जिम्मा लिए ताला खोल्ने भनिएपनि ताला खोल्ने पूर्व निर्धारित समयमा सञ्चालक समितीका कुनैपनि पदाधिकारी उपस्थीत नभएकाले ताला नखाृलीएको प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाल जानकारी दिए ।

अनुसन्धानमा सघाएर अवैध रुपमा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न सहमत भए ताल्चा खोलेर सहज वातावरण बनाईदिन आँफुहरु तयार रहेको बिद्यार्थीहरु बताउँछन । अदालतले अन्तरिम आदेश जारी नगरेपछि उनीहरु पक्राउ पर्ने र कानुनी दायरामा आउने कुरामा आफुहरु विश्वस्त रहेको बिद्यार्थीहरुको भनाई छ ।

‘कानुनी कारबाही चल्दैै गर्छ । हामी नियमित पढाईमा जान्छौं, आन्दोलनरत मध्य एक विद्यार्थीले भनिन्, ‘तर, जिम्मा लिने मान्छे खै ? नागरिक समाज र प्रशासनले खोलेर मात्रै खुल्ने त होईन नि । त्यसका लागि कलेज तयार हुनुपर्छ ।’

एमविविएस दोश्रो बर्षका परीक्षाका फाराम भर्ने म्याद ८ दिन मात्रै बाँकी रहेकोले कलेज खोलेर परीक्षामा सहभागी हुने वातावरण बनाईदिन विद्यार्थीहरुले माग गरेका छन । तेश्रो बर्षका विद्यार्थीहरु चाहीँ आफूहरुले परीक्षा छोडेर आन्दोलनमा लागेको भन्दै पैसा फिर्ता हुने ज्ञारेण्टी नपाएसम्म ताला खोल्न नदिने अडानमा छन ।

‘विद्यार्थीकै अधिकारका लागि हामी परीक्षा छोडेर आन्दोलनमा छौं । कलेज प्रशासन मतलव गर्दैन । करोडौं रुपैयाँ ठगी भएको छ ।’ अर्का विद्यार्थीले भने, ‘हामी ताला खोल्न तयार छौं । तर हाम्रो पैसा फिर्ता गर्ने ज्ञारेण्टी कसले  लिन्छ ?’

विद्यार्थीहरुले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा ११ जना सञ्चालक विरुद्ध उजुरी दिएका छन ।

सोही उजुरीका आधारमा फागुन २३ गते जिल्ला अदालत कास्कीको अनुमतिले जिल्ला प्रहरी कार्यालयले उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सोही दिन कलेजका पूर्व सिईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परिसकेका छन ।

८ सय कर्मचारी अन्यौलमा

विवादका कारण मेडिकल कलेज र अस्पतालमा लामो समयदेखि ताला लगाउँदा सोही ठाउँमा कार्यरत आठ सय कर्मचारीहरु अन्यौलमा रहने गरेका छन् ।

विवादका कारण कलेज र अस्पताल लामो समयदेखि सञ्चालनमा नआएपनि त्यहाँ काम गर्ने कर्मचारीहरुलाई भने दैनिक कार्यालय पुगेर हाजिर गर्नुपर्ने बाध्यता रहेको छ ।

‘२० दिनजति भयो कार्यालयको गाडी आउँदैन । आँफै भाडा तिरेर आउजाउ गर्ने हो ।’ सोही कार्यालयमा काम गर्ने एक कर्मचारीले दुख पोख्दै भनिन्, ‘तलव पनि दिँदैन । काम गरिरहेको छु । पैसा पाउने नपाउने ठेगान नै छैन् ।’

५ सय हाराहारीका कर्मचारीले ३ महिनादेखि तलव समेत नपाएको गुनासो गरेका छन । ‘आन्दोलन सुरु भएको दिन तलव खातामा जानुपर्ने हो । त्यही दिनदेखि आन्दोलन सुरु भयो । हाम्रो तलव पनि रोकियो ।’

अस्पतालमा काम गर्ने अर्का कर्मचारीले भने, ‘हाम्रो तलवको जिम्मा अव कसले लिन्छ ? हामी विहान बेलुकी के खाने भन्ने अवस्थामा पुगिसक्यौं ।’ अस्पताल खुलेर सहज रुपमा कर्मचारीले काम गर्ने वातावरण सिर्जना गरिदिन प्रशासनसँग उनीहरुको आग्रह छ ।

‘अस्पताल खुले पो काम गर्न पाईन्छ । काम गरेपछि तलव आउँछ ।’ उनले थप, ‘अस्पताल चलेको छ । न हाम्रो तलव आयो । हाम्रो समस्या कसले बुझ्छ ?’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ