राष्ट्रिय बिदा हुने दिन
-नयाँ वर्ष : १ वैशाख (नयाँ वर्ष)
-मजदुर दिवस : १८ वैशाख
-बुद्धजयन्ती : ४ जेठ
-संविधान दिवस : ३ असोज
-दसैँ : १८–२२ असोज (फूलपातीदेखि एकादशीसम्म ५ दिन)
-तिहार : १०–१२ कात्तिक (३ दिन)
-शिवरात्रि : ९ फागुन (शिवरात्रि)
-होली : २६ फागुन (पहाड/भित्री मधेस), २७ फागुन (तराई)
-महिला दिवस : २८ फागुन
०७६ मा शनिबारबाहेक १५ दिन मात्रै राष्ट्रिय बिदा हुने भएको छ । सार्वजनिक बिदासम्बन्धी निर्णय शुक्रबार राजपत्रमा प्रकाशित भएको छ ।
०७४ सम्म दिएको १३ दिन सार्वजनिक बिदा सरकारले ०७५ मा कटौती गरेको थियो । तर, विभिन्न जाति, समुदायले सार्वजनिक बिदा कटौतीको विरोध गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । सरकारले सुझाबका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा सार्वजनिक बिदा पुनरावलोकन कार्यदल नै गठन गरेको थियो । तर, कार्यदलको सिफारिससमेत अस्वीकार गर्दै सरकारले अघिल्लो वर्षको बिदा कटौती कायम गरेको छ । कार्यदलले १२ वटा बिदा थप्न गत पुसमा सिफारिस गरेको थियो ।
कार्यदलले किराँत चाड उँभौली (बुद्ध पूर्णिमा ) र उँधौली, इद उल फित्र, बकर इद, मोहम्मद जयन्ती, क्रिसमस, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, छठ, ऋषिपञ्चमी (महिलालाई मात्रै), माघीपर्व र जनैपूर्णिमामा बिदा दिनुपर्ने सिफारिस गरेको थियो । ‘तर, मन्त्रिपरिषद्को बैठकले सो सिफारिस कार्यान्वयन नगर्ने र बिदा कटौतीलाई कायमै राख्ने निर्णय गरेको छ,’ गृहका एक उच्च अधिकारीले भने ।
धार्मिक चाडहरूमा सम्बन्धितलाई मात्रै बेग्लै बिदा
विभिन्न धार्मिक चाडहरूमा सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा मात्र बिदा दिइने उल्लेख छ । जसअन्तर्गत ४ जेठमा किराँत, राई, याख्या, सुनुवार, लिम्बु जातिको चाड उभौलि पर्व (वैशाख चण्डि पूर्णिमा), ६ भदौमा गौरा पर्व, इस्लाम धर्मावलम्बिहरूको पर्व इद, १६ कात्तिकमा छठ, वकर इद, २६ मंसिरमा किराँतीहरूको उधौली, ९ पुसमा क्रिश्चियनहरूको क्रिसमस, १५ पुसमा तमु ल्होसार, १ माघमा माघी तथा माघे संक्रान्ति, ११ माघमा सोनाम ल्होसार, १३ फागुनमा ग्याल्बो ल्होसारमा सम्बन्धित धर्मविशेष र क्षेत्रका लागि विदा हुन्छ । त्यस्तै, सिरुवा पर्व, धवथान्बु पर्व मनाउने जिल्लाहरूमा पनि बिदा दिने सरकारको निर्णय छ । १६ भदौमा तिजमा महिलाहरूलाई मात्र बिदा हुने छ भने जितिया पर्व मनाउने महिलाहरूले पनि बिदा पाउँछन् । शिक्षण संस्थाका लागि १६ माघ बसन्त पञ्चमीमा बिदा हुने छ ।
चारवटा जात्रामा उपत्यकामा मात्र बिदा हुने छ । ३१ साउनमा गाइजात्रा, २७ भदौमा इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटे देखाउने जात्रा र ११ चैतको घोडेजात्रामा उपत्यकामा बिदा हुने भएको छ । अपांगता भएका कर्मचारीले अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा १७ मंसिरमा बिदा पाउनेछन् ।
जन्मजयन्तीमध्ये बुद्धजयन्तीमा मात्र सरकारले राष्ट्रिय विदा दिने निर्णय गरेको छ । आगामी वर्षको बुद्धजयन्ती ४ जेठ शनिबार परेको छ । १६ कात्तिकको गुरु नानक जयन्ती, २५ कात्तिकको फाल्गुनन्द जयन्तीमा सम्बन्धित सर्वसाधारण धर्मावलम्बीले मात्रै विदा पाउनेछन् ।
१५ जेठको गणतन्त्र दिवस, २२ भदौको निजामती सेवा दिवस, २७ पुसको राष्ट्रिय एकता दिवस, १६ माघको सहिद दिवस, ७ फागुनको प्रजातन्त्र दिवस, २१ जेठमा पर्ने जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका रूपमा मनाउने तर बिदा भने नदिने निर्णय सरकारले गरेको छ ।
अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, चौकी, फायरबिग्रेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण, हुलाकजस्ता कार्यालयका कर्मचारीले यस्ता विदाका दिन पनि काम गर्नुपर्ने भएकाले उनीहरूलाई सट्टा विदाको सुविधा पाउनेछन् ।
सम्बन्धित खबर
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए