‘हल्लैहल्लामा जापानी भाषा पढ्न कन्सल्टेन्सीमा भीड, जापानले दक्ष कामदार मात्र लैजाने’ यस्तो छ यथार्थ

‘हल्लैहल्लामा जापानी भाषा पढ्न कन्सल्टेन्सीमा भीड, जापानले दक्ष कामदार मात्र लैजाने’ यस्तो छ यथार्थ

Tokyo

पोखरा । अहिले कन्सल्टेन्सीहरुमा जापानी भाषा पढनेको भिड छ । एउटै कारण, जापानमा कामदार भिषामा रोजगारीका लागि जाने युवा मोह । तर, जापान जाने बिषयमा कन्सल्टेन्सीहरुले गरेका हल्ला जस्तो जापानले नेपालबाट जस्तो सूकै कामदार पनि लैजाँदैन । स्रोतका अनुसार जापानले नेपालबाट श्रम सम्झौता गरेर पहिलो चरणमा दक्ष, सिप भएका र कम्तिमा भाषा ज्ञान भएका कामदार लिने प्रस्ताव गरेको छ ।

गत जनवरीमा काठमाडौंमा भएको नेपाल–जापान संयुक्त प्राविधिक समितिको बैठकमा नेपालले गरेको जापान सरकारले दक्ष नर्स र अनुभवी केयर गिभरमा लिने प्रस्तावमाथि जापानले एक किसिमको सहमति भइसकेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल र जापान सरकारबीच सरकारीस्तरमा श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्न विषय अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत नै जापान रोजगारीका लागि नेपाली कामदार पठाउने गरि संरचना निर्माण र छलफल भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोटलागत अन्य विषयमा जापान सरकारसँग समझदारी भएपछि मात्रै कसरी श्रमिक आपूर्ति गर्न भने विषय प्रष्ट हुने छ । जापानले पठाएको प्रस्तावमा नेपाली कामदारलाई दिन सकिने सेवा सुविधाबारे पनि उल्लेख भएको श्रम मन्त्रालयको भनाइ छ ।

नेपालबाट नर्स र केयर गिभर प्रथामिकतामा

जापानले नर्सिङ, केयर गिभर, सुरक्षा गार्ड, उत्पादनमुलक उद्योग, सूचना प्रविधि, होटल, व्यबसाय, पर्यटन शिक्षा , कृषि, माछापालन, समुद्र, खाद्य लगायत क्षेत्रमा विदेशी कामदार आपूर्ति गदै आएको छ ।

जसमा सन २०१९ भित्र नेपालबाट नर्स र अन्य केही क्षेत्रमा दक्ष कामदार लिने जापान सरकारले प्रस्ताव गरेको श्रम मन्त्रालयले जनाएको  छ ।

कस्ता कामदार लिने भनेर जापान सरकारले प्रष्ट नखुलाएको मन्त्रालयले जानकारी दिएको छ । जापानको प्रथामिकतामा दक्ष र भाषामा ज्ञान भएका श्रमिक मात्र पर्ने मन्त्रालयको भनाइ छ ।

हल्लाका पछि नलाग्न  आग्रह

जापानको रोजगारी खुल्ने टुंगो नै नलागी शैक्षिक परार्मश केन्द्र (कन्सलटेन्सी) ले हल्ला फैलाएर भाषा अध्यापनका नाममा विद्यार्थीसँग मनपरी शुल्क लिन थालेका छन ।

जापानको रोजगारी नेपाली युवाहरुका लागि आर्कषक गन्तव्य मुलुक भन्दै विज्ञापन गरेर विकृति नै फलाइरहेका बेला श्रम मन्त्रालयले भने हल्लाको पछि लागेर नफस्न युवालाई आग्रह गरेको छ ।

विद्यार्थी भिसामा र कामदार भिसामा जाने नेपालीहरुले मासिक ३ देखि ४ लाख कमाइ गर्दै आएका छन । प्रतिव्यक्ति ४० हजारसम्म भाषा अध्ययनका नाममा केन्द्रले उठाउँदै आएका छन ।

जापान रोजगारीका लागि नेपाली श्रमिकहरु म्यानपारमार्फत लैजाने भन्दै यसअघि वैदेशिक रोजगार व्यबसायी संघले सूचना जारी गरेको थियो ।

यस्तो सूचना हल्ला मचाएर विकृति फैलाउन खोजेको मन्त्रालयले जनाएको छ । जापान सरकारसँग चरणबद्ध छलफल भइरहेकाले औपाचारिक निर्णय नभएसम्म हल्लाको पछि लागेर पैसा नफसाउन युवालाई मन्त्रालयले आग्रह गरेको छ । जापानले पाँच वर्षको अवधिमा तीन लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ ।

जापानमा मागभन्दा धेरै रोजगारीका अवसर

सन २०१८ मा सार्वजनिक भएका समाचारहरुका अनुसार जापानमा औसतमा हरेक एक सय जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १ सय ६३ वटा रोजगारका अवसर हुने गरेका छन । यो संख्या सन १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो ।

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको जापानको श्रम मन्त्रालयले जनाएको छ ।

हरेक एक सय जनाका लागि औसतमा १ सय ६३ वटा रोजगार उपलब्ध हुने गरेको जनाइएको छ । धेरै वर्षदेखि जापानको श्रम बजारमा कामदारको अभाव अनुभव हुन थालेको थियो । जापानमा हाल बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दैछ भने न्यून जन्मदरले पनि समस्या निम्त्याएको हो ।

रोजगारीका लागि जापान जानेलाई निरोगी स्वस्थ्य प्रमाणपत्र अनिवार्य

रोजगारीका लागि जापान जाने विदेशी नागरिकले निरोगिताको प्रमाणपत्र पेश गुर्नपर्ने भएको छ । जापान सरकारले आप्रवासी कामदारहरुका लागि निरोगिताको प्रमाणपत्र (मेडिकल सर्टिफिकेट) अनिवार्य पेश गर्नु पर्ने योजना ल्याएको छ ।

जापानको न्याय मन्त्रालयले विदेशी कामदारको हकमा यो नियम अनिवार्य गर्ने लागेको जनाएको छ । जापानमा काम गर्न जाने कामदारले उनीहरु काम गर्न सक्षम रहेको भन्ने सुनिश्चित गरिएको चिकित्सकको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने नयाँ नियम पनि लागू हुने मन्त्रालयले जनाएको छ । सर्टिफिकेटलाई कामदारले जापानी अध्यागमन विभागमा नै बुझाउनु पर्ने छ ।

समाचार सन्दर्भ सामाग्रीः खबरहब

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds