सुर्खेत :- फेसबुकमै चिनजान हुने, अनि फेसबुककै आधारमा सम्बन्धहरु स्थापना गर्ने त्यसपछि भेटघाट गर्न जाने अधिकांस ब्यक्तिको बानी नै बसिसकेको छ।
तर, यसरी भेटघाट गर्नुअघि धेरै कुरा सोच्नुपर्छ भन्नेतर्फ हाम्रो ध्यान नै जाँदैन। अब सबैले यस्तो बानीमा सुधार गर्नुपर्ने देखिएको छ। किनकी जुनसुकै अपरिचित व्यक्तिले तपाईंसँग भेट गरेर फाइदा उठाउन सक्छ।
सुर्खेतमा फेसबुकबौ चिनजान गरि भेट्न गएकी १५ वर्षीया किशोरी सामुहिक बलात्कारको सिकार भएकी छिन्। फागुन २६ गते फेसबुकबाटै चिनजान भएका किशोरलाई भेट्न जाँदा उक्त किशोरी सामुहिक बलात्कृत भएकी हुन्।
शुक्रबार दिउँसो २ बजे वीरेन्द्रनगर स्थिति कांक्रेबिहार जंगलमा घुमाउन लैजाने बाहानामा दुई किशोरले उनलाई सामुहकि बलात्कार गरेको जाहेरी पीडित परिवारले प्रहरीमा दिएका छन्।
वीरेन्द्रनगरमा कक्षा ७ मा पढ्दै गरेकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको गरेको आरोपमा एक जना १६ बर्षभन्दा मुनिका किशोर रामहादुर (नाम परीवर्तन) लाई पक्राउ परेका छन् भने उनका साथी १७ बर्षीय रितिक रोशन (नाम परीवर्तन) फरार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
पक्राउ परेका किशोर र किशोरी बिच बिगत २५ दिनदेखि फेसबुकमा कुराकानी हुँदै आएको बताएका छन्।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
बालेनको सचिवालय भन्छ: सबै जना जेल जान तयार भएर बसे हुन्छ