एसईईको परीक्षा चैत १० गतेबाट सुरु, प्रदेश अनुसार फरक-फरक प्रश्नपत्र हुने

एसईईको परीक्षा चैत १० गतेबाट सुरु, प्रदेश अनुसार फरक-फरक प्रश्नपत्र हुने

see-

फाइल तस्बीर

काठमाडौं ।आउँदो चैत १० गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईई को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डको अनुसार प्रदेश अनुसार फरक—फरक प्रश्नपत्र हुनेछ । बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले एसईईको सबै तयारी पूरा भएको बताएका छन् ।

उनले यस वर्ष नियमिततर्फ ५ लाख परीक्षार्थी एसईई परीक्षामा सामेल हुने जानकारी दिए । एक्जाम्टेडतर्फ भने ५० हजार परीक्षार्थी छन् । यस वर्ष केन्द्र र प्रदेश गरी कूल १ हजार ९ सय ६१ वटा परीक्षा केन्द्रहरु तोकिएको छ ।

परीक्षाका लागि खटाइने सुरक्षाकर्मी तथा निरीक्षक र गार्डहरु स्थानीय तहले नै खटाउने निर्णय भएको बोर्डले जनाएको छ । यस वर्षदेखि प्रश्नपत्र पनि प्रदेश अनुसार फरक-फरक हुनेछ ।

एसईई परीक्षामा प्रदेशगत रुपमा अनिवार्य ६ विषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन हुने भएको हो । यस वर्षको एसईई परीक्षामा अनिवार्य ६ विषयको परीक्षा समानान्तर सेटबाट सञ्चालन हुने छ । परीक्षा चैत १० गते सुरु भई २१ गते बिहीबारसम्म जारी रहने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds