काठमाडौं : केही समयअघि इन्टरनेटमा भाइरल भएको गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट् कान्छा’ लाई च्यालेन्ज गर्दै सत्तारुढ नेकपासम्बद्ध गायकले गीत निकालेका छन्।
‘लुट्नुहुन्न देश कान्छा लुट्नु हुन्न देश’ बोल रहेको गीत बिहीबार नेकपा कार्यालय (पूर्व माओवादी केन्द्र मुख्यालय) मा आयोजित एक कार्यक्रममा गाइएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतालाई मञ्चमा राखेर कलाकारले गीत गाएका थिए।
पशुपति शर्माले देशका बेथितिलाई लक्ष गरेर निकालेको गीत नेकपाकै युवा संघ लगायतको तीब्र विरोधपछि उनले युट्युबबाट हटाएका थिए। उनले हटाए पनि गीत डाउनलोड गरेर सयौँ अकाउन्टहरूमा पुनः अपलोड भइसकेको थियो।
पेरिसडाँडामा आयोजित ‘सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम’ मा यो गीट्ट घन्किँदा सहिद परिवारका सदस्यहरू नाचेका थिए। हेर्नुस् सुनिता डंगोलले खिचेको भिडियो
https://www.facebook.com/AnnapurnaPost/videos/425369304938837/?t=86
अन्नपूर्णपोष्ट
सम्बन्धित खबर
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
‘महापुरुष’ लक्ष्मीपूजादेखि युट्युवमा रिलिज हुने
गुमनाम विष्णु माझीले तीज गीत ल्याउँदै भनिन् – ‘आइन आमा यो तीजैमा’ [भिडियो]
अधिकारीको नयाँ भजन ‘सयथरी व्यथा’ सार्वजनिक [भिडियो]
‘ईश्वर’को ‘पूरा भयो सपना मेरो’ [भिडियो]
‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ [भिडियो]
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते