प्रधानमन्त्रीलाई कमल थापाको चेतावनी : विप्लवलाई होइन, बालुवाटार र सिंहदरवारका लुटेरालाई कारवाही गर्नुस्

प्रधानमन्त्रीलाई कमल थापाको चेतावनी : विप्लवलाई होइन, बालुवाटार र सिंहदरवारका लुटेरालाई कारवाही गर्नुस्

kamal thapa

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको बताएका छन् । अध्यक्ष थापाले काठमाडौमा मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन समारोहलाई सम्बोधन गर्दै लोकतन्त्रको आवरणमा लुटतन्त्र चलिरहेको बताएका हुन् ।

त्यस्तै उनले पहिला बन्दुक बोक्न लगाउनेहरुले हाल शहरमा ठुला महल बनाएको र बन्दुक बोक्नेहरु खाडी मुलुकमा जान बाध्य भएको भन्दै वर्तमान सरकारको चर्को आलोचना गरे । उनले राजादेखि विप्लवहरुसम्म अटाउने पार्टी राप्रपा भएको दाबी समेत गरे ।

अध्यक्ष थापाले विप्लवलाई सरकारले लगाएको प्रतिवन्धको प्रसंग कोट्याउँदै विप्लवलाई नभएर बालुवाटार र सिहंदरवार वरिपरि रहेका लुटेराहरुलाई प्रतिबन्ध लगाउन प्रधानमन्त्रीलाई चेतावनी पनि दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ