काठमाडौं– न्यूजिल्याण्डको क्राइस्ट चर्चको दुई मस्जिदमा भएको गोलाबारीमा २७ जनाको मृत्यु भएको छ । गोलाबारीमा ३० जना भन्दा धेरैको हताहती भएको हुनसक्ने स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरले जनाएका छन् ।
अल नूर मस्जिद क्राइस्ट चर्च डीन एवेन्यूमा हेगली पार्कको नजिक रहेको छ । प्रत्यक्षदर्शीहरुले अझै मस्जिद भित्र केही शव रहेको बताएपनि प्रहरीले भने यसको पुस्टि गरेको छैन ।
लगभग २० मिनेट चलेको गोलाबारीमा कम्तिमा ६० जना घाइते भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार हमलावरले पहिला पुरुष प्रार्थना घरलाई निशाना बनाएका थिए र त्यसपछि महिलाको कोठामा प्रवेश गरेका थिए ।
न्यूजिल्याण्ड चर्च गोलीकाण्ड– २८ वर्षीय अस्ट्रेलियन नागरिकको संलग्नता
न्यूजिल्याण्डको अल नूर मस्जिदमा रंगभेदी २८ वर्षीय एक अष्ट्रेलियन नागरिकले गोली चलाउदा कम्तिमा ३० जनाको मृत्यु भएको अन्तर्राष्ट्रि सञ्चारमाध्यम डेलिमेलले उल्लेख गरेको छ ।
उनले कम्तिमा ५० गोली चलाएको आवाज सुनिएको उल्लेख गरिएको छ । गोली अर्धस्वचालित सर्ट बन्दुकबाट चलाइएको जनाइएको छ ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो