यौन प्रस्ताव राख्दै महिलालाई होटलमा बोलाउने उपमेयरका श्रीमान प्रहरीको फन्दामा !

यौन प्रस्ताव राख्दै महिलालाई होटलमा बोलाउने उपमेयरका श्रीमान प्रहरीको फन्दामा !

pakrau

बारा । बाराको सिम्रौनगढ नगरपालिका ७ खजानीका ३९ वर्षीय जयन्त कुशवहलाई शारीरिक सम्पर्कको लागि बोलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

महिलालाई शाारीरिक सम्पर्कका लागि प्रस्ताव राखि होटलमा बोलाउने कुशवाहा सिम्रौनगढ नगरपालिकाकी उपमेयर रिना कुशवाहाको श्रीमान रहेको प्रहरीले जनाइएको छ ।

ती महिलाका अनुसार कुशवाहाले लगभग एक महिनबाट फोन गर्दै पैसाको प्रलोभनमा यौन प्रस्ताव राख्दै आएका थिए ।

फोनबाट अश्लील शब्द प्रयोग गरी शारीरिक सम्पर्कका लागि पीडित महिलालाई बुधबार निजगढको एक होटेलमा भेट्ने योजना बनाएको र महिलाले प्रहरीलाई सुचना दिएपछि त्यहाँबाट कुशवाहालाई पक्राउ गरिएको हो ।

निजगढस्थित गुरुङ होटेलबाट बिहीवार साँझ ५ः३० ईलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ