मधेशमा अब कुनै किसिमको विखण्डनको नारा लाग्दैनः पण्डित

मधेशमा अब कुनै किसिमको विखण्डनको नारा लाग्दैनः पण्डित

Lalbabu

 सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मधेशमा अब कुनै किसिमको राष्ट्र विखण्डनको नारा नलाग्नेमा ढुक्क रहेको बताएका छन् ।

बिहीवार जनकपुरमा प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा मन्त्री पण्डितले सो कुरा बताएका हुन् ।

सिके राउत तर्फ ईङ्गित गर्दै मन्त्री पण्डितले भने, ‘केही दिन अघि ११ बुँदे सहमति पछि मधेशमा अब राष्ट्र विखण्डनको मुद्दा अन्त्य भएको छ । देश समृद्धि तथा विकासतर्फ अग्रसर हुनेछ ।’ उनले राजनीति द्वन्द्व समाप्त भएसङ्गै मुलुकमा स्थिरता कायम भएको पनि दाबी गरे ।

देश अब कुनै द्वन्द्वमा नफस्ने बताउँदै मन्त्री पण्डितले आवश्यकता अनुसार संविधान संशोधन हुने पनि बताए । उनले विप्लव समूहलाई अराजक गतिविधि छाडी सरकारले खुल्ला राखेको वार्ताको विकल्पमा आउन समेत आह्वान गरे ।

मन्त्री पण्डितले १५ दिनभित्र समायोजनका सम्पूर्ण कार्य सम्पन्न हुने बताउँदै लोकसेवा आयोगले कर्मचारीको अभावलाई पूरा गर्न १५ देखि २० हजार नयाँ भर्नाका लागि विज्ञापनको तयारी गरिरहेको जानकारी गराए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ