‘हेलो मुख्यमन्त्री कक्ष’ मा तेस्रो पटक मुख्यमन्त्री, जिएमसी, फेवाताल, सरसफाई, होमस्टेका गुनासो

‘हेलो मुख्यमन्त्री कक्ष’ मा तेस्रो पटक मुख्यमन्त्री, जिएमसी, फेवाताल, सरसफाई, होमस्टेका गुनासो

gandaki medical collage

पोखरा । ‘आन्दोलनका कारण ४५ दिनसम्म पठनपाठन अवरुद्ध हुँदा अधिकांस बिद्यार्थीहरु मर्कामा परेको छौँ । विद्यार्थीको मागलाई कलेजले सम्बोधन गर्न नसक्दा पीडित भईरहेका हौँ । सञ्चालहरुले विद्यार्थी माथि पूर्वाग्रह साँधेको हुनसक्छ न्यायलयमा हुने बहसमा योग्य वकिलहरु मार्फत बहस गराउनु उचित होला !’ बिहिबार गण्डकी प्रदेश सरकारले जनताको गुनासो, सुझाव सुन्न व्यवस्था गरेको ‘हेलो मुख्यमन्त्री कक्ष’ मा फोन गर्दै गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले मुख्यमन्त्रीलाई दु:ख पोखे ।

मुख्यमन्त्री गुरुङ ‘हेलो मुख्यमन्त्री कक्ष’मा यससहित तेस्रो पटक उपस्थित भएका हुन्। मुख्यमन्त्रीलाई जनताले जिएमसी, फेवाताल, सरसफाई, होमस्टेका गुनासो गरेका थिए । बिहिबार साँझ ५ बजेदेखि करीब साढे ६ बजेसम्मको समयमा गण्डकी मेडिकल कलेजबाट केहि बिद्यार्थीहरुले कलेजमा भएको आन्दोलनका कारण आफुहरुको पठनपाठनमा समस्या भएको गुनासो सुनाए । ‘विद्यार्थीले राखेका माग र कलेजले लिइरहेको बढि शुल्कको विषयमा प्रदेश सरकारले चासो राखिदिनु पर्याे मुख्यमन्त्री ज्यू !’ लेखनाथबाट सम्पर्क गरेकी अनिशा ढुंगानाले भनिन् ।

‘म आजै बेलुका प्रधानमन्त्री समक्ष गण्डकी मेडिकल कलेजको विषयमा तुरुन्तै एक्सन लिन भन्छु’ बिद्यार्थीहरुको गुुुनासो सुनिसकेपछि मुख्यमन्त्री गुरुङले प्रतिक्रिया दिँदैे भने, ‘गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयका मन्त्रीहरुको पनि ध्यानाकर्षण गराउँदै कानुनी कारवाहीका लागि पहल थाल्न अनुरोध गर्दछु । सञ्चालकहरु विरुद्ध विद्यार्थी कानुनी कारवाहीका लागि सुरक्षा निकायमा पुगेको हामीलाई जानकारी छ । प्रदेश सरकारबाट कलेज कसरी चाडैँ खोल्ने र गुणस्तरीय शिक्षाका लागि कसरी पहल गर्न सकिन्छ भन्नेबारे छलफल गरिरहेको छ ।’ प्रदेश सरकारकै सल्लाहमा सञ्चालक बिरुद्ध गृह मन्त्रालय मार्फत कारवाही प्रक्रिया अघि बढेको बताउँदै मुख्यमन्त्री गुरुङले बिद्यार्थीको बिषयमा प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्ने आश्वासन दिए ।

‘म दृष्टिविहीन छु । दैनिक जीवनयापन गर्न सकेत समस्या परेको छ’ विन्दवासिनीबाट ‘हेलो मुख्यमन्त्री कक्ष’ मा सम्पर्क गरेका विष्णु नेपालीले भने, ‘मेरो कोठा भाडामा बस्न सक्ने अबस्था पनि छैन । प्रदेश सरकार मार्फत मेरो लागि छुट्टै आवास निर्माण गरिदिनु पर्याे ।’ नेपालीको अनुरोधलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेश सरकारले अपाङ्गता भएका नागरीकहरुलाई बिशेष सहयोग गरिरहेको छ । तपाईलाई पनि हुनसक्ने सहयोग गर्ने   छौँ ।’

लेकसाइडबाट होटल व्यवसायी इन्द्र थापाले सरसफाइ सम्बन्धी गुनासो गरे । ‘सुन्दर सहरको रुपमा परिचित पोखरा दिनदिनै फोहोर प्रदुषणका कारण कुरुप बन्दै गइरहेको छ । प्रदेशले फोहोर ब्यबस्थापनमा ध्यान दिनु पर्याे । यस बिषयमा म अत्यन्तै चिन्तित छु । यस्तै कोत्रेस्थित सडकको नाजुक अवस्था पनि नाजुक छ ।’  थापाले भने ।

उनको गुनासोलाई सम्बोधन गर्दै प्रतिक्रियामा मुख्यमन्त्री गुरुङले भने, ‘सरसफाइ सम्बन्धी दीर्घकालीन योजनामा कानुन बनाएर प्रदेश सरकारले कार्यान्वयन गर्ने प्रक्रियामा छ । तत्कालका लागि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसँग समन्वय गरी उत्पादित फोहोरको उचित बिर्सजन गर्न पहल सुरुगर्ने छौँ । सडकको बिषयमा प्रदेशका धेरै यस्ता योजना संघीय सरकारको अधीनमा भएकाले हामिले हस्तक्षेप गर्न सकेका छैनौँ ।’

पामे निवासी मनिष तिमिल्सिनाले पामे–घाँटीछिँदा–पञ्चासे सडक निर्माणमा केही स्वार्थ समूहले चलखेल गरेको भन्दै प्रदेश सरकारले सो सडक यथासिघ्र निर्माण गरिदिन  मुख्यमन्त्रीलाई आग्रह गरे । मादी गाउँपालिकाका दशरथ सापकोटाले नियमित विद्युत प्रसारणमा समस्या आएको गुनासो गरे ।

सन्दर्भ सामाग्री: समाधान दैनिक

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ