काठमाडौं–नेपालगञ्ज उपमहानगरपालिका ८ की इस्मा खानले इमोबाट दुबईमा रहेका पतिलाई भिडियो कल गरिन् । कुराकानीका क्रममा श्रीमानसँग सामान्य भनाभन पनि भयो। भोलिपल्ट श्रीमानले भिडियो कल गरे । उनले एकैचोटी ‘तलाक, तलाक र तलाक’ भने । इस्मा अक्क न बक्क भइन ।
कुनै प्रतिक्रिया दिन सकिनन् । भिडियो बन्द भयो । भिडियो कलबाट श्रीमानले तीन पटक तलाक भनेकै भरमा ८ महिनाअघि ४ वर्षको सम्बन्ध टुट्यो । ३३ वर्षीया इस्मा अहिले मजदुरी गरेर छोरी हुर्काउँदै गरेको कान्तिपुरमा खबर छ ।
नेपालगन्ज उपमहानगरपालिका ७ की ३० वर्षीय नाजिया कसघरको पनि समस्या उस्तै छ । श्रीमानले फोनमा तीन पटक तलाक भनेपछि सम्बन्ध विच्छेद भएको भन्दै उनी माइतमा बसेकी छन् ।
दाम्पत्य जीवनमा पूर्ण विराम लागेपछि शारीरिक रुपमाले अशक्त छोरो हुर्काउने जिम्मेवारी उनको काँधमा छ । यस्ता धेरै घटना सार्वजनक हुन थालेका छन् । इस्माले अदालतमा गएर झगडा गर्न आफूलाई मन नलागेपछि छुपचाप बसेको प्रतिक्रिया दिएकी छन् ।
त्यस्तै सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न रोजगारदाता हिचकिचाएको पाइएको छ । श्रमिक र रोजगारदाता दुवैको भलो हुने भन्दै सारै धेरै प्रचार गरिएको सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्नेक्रममा रोजगारदाता हिचकिताएका छन् ।
देशभर ९ लाखभन्दा बढी रोजगारदाता रहेकोमा यो कार्यक्रम घोषणाको ४ महिना पुग्दा २१ सयको हाराहारीमा मात्र संस्थाहरु सहभागी भएका छन् ।
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने