पोखरा विश्वविद्यालयको ४२ कलेजका ३ सय ३५ विद्यार्थीको परीक्षा अन्योलमा

पोखरा विश्वविद्यालयको ४२ कलेजका ३ सय ३५ विद्यार्थीको परीक्षा अन्योलमा

Pokhara University

पोखरा विश्वविद्यालयअन्तर्गतका ४२ कलेजका ३ सय ३५ विद्यार्थीको परीक्षा अन्योलमा परेको छ । बिबिए र बिबिए–बिआईमा मापदण्डविपरीत भर्ना गरिएका विद्यार्थीको परीक्षा फारम विश्वविद्यालयले नबुझेपछि ती विद्यार्थीको परीक्षामा सहभागिताबारेअन्योल भएको हो ।

विश्वविद्यालयले तय गरेको नतिजा ल्याएका १२ कक्षा उत्तीर्णलाई मात्रै भर्ना गर्नुपर्ने मापदण्ड तोडेर कलेजहरूले विद्यार्थी भर्ना गरेका थिए । कलेजहरूले विद्यार्थीसँग भर्नाबापत ४० हजार र पहिलो सेमेस्टरको ६० हजारका दरले उठाइसकेका छन् । ओपेनका महासचिव नरबहादुर विष्टले बिबिए र बिबिए–बिआईमा भर्ना गरिएका ३ सय ३५ विद्यार्थीको परीक्षा फारम भर्ने सवालमा समस्या रहेको बताए ।

कलेजहरूले पोखरा विश्वविद्यालयका उच्च पदाधिकारीसँग मौखिक अनुमति लिएर विद्यार्थी भर्ना गरिएको दाबी गरेका छन् । कलेजहरूको संस्था ओपेनले परीक्षा फारम बुझाउन नसकेपछि विद्यार्थीको भविष्य निर्धारण गरिदिन भन्दै सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेको छ ।

सिसिटी कलेज बुटवलका प्रमुख देवी भण्डारी विद्यार्थी भर्ना गर्नुअघि आफूहरूले विश्वविद्यालयका डिनसँग मौखिक अनुमति लिएको दाबी गर्छन् । तर, अहिले फारम नबुझिदिँदा समस्या परेको उनले बताए । रुपन्देहीका मात्रै आधा दर्जनजति कलेजले बिबिए र बिबिए–बिआईका विद्यार्थी भर्ना गरेका छन् । परीक्षा फारम भर्ने म्याद आज ९बिहीबार०सम्म मात्रै छ । विद्यार्थीले परीक्षा दिन नपाए लिएको शुल्क फिर्ता गर्न कलेज तयार रहेको उनको भनाइ छ । तर, परीक्षा दिन नपाए विद्यार्थीको एक वर्ष नोक्सान हुनेछ ।

उपकुलपति चिरञ्जीवी शर्मा भन्छन्–कलेजले विश्वविद्यालयको मापदण्ड नमानेपछि समस्या भयो कलेजहरूकै कमजोरीका कारण समस्या आएको हो । विश्वविद्यालयकै मापदण्ड नमानी विद्यार्थी भर्ना गरेपछि समस्या आउने नै भयो । विश्वविद्यालयले भर्ना प्रक्रियाअघि नै मापदण्ड तय गर्ने र सोहीअनुसार भर्ना गर्न निर्देशन दिने गरेको छ । यसपटक पनि निर्देशन गरेको हो । यो विषय सर्वोच्च अदालतमा पुगिसकेकाले अब अदालतकै निर्णयअनुसार अघि बढ्नुको विकल्प छैन । नयाँ पत्रिका दैनिकबाट ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds