सरकारले नेपाली सेनाका लागि महँगोमा गोलीगठ्ठा प्लान्ट किन्ने, (के हुँदै छ देशमा ? )

सरकारले नेपाली सेनाका लागि महँगोमा गोलीगठ्ठा प्लान्ट किन्ने, (के हुँदै छ देशमा ? )

gun-with-bullet

काठमाडौं  : सरकारले नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) महँगोमा किन्ने भएको छ। यसअघि महँगो भएको भन्दै वर्तमान सरकारले नै यसको प्रक्रिया रोकेको थियो ।

तर फेरि त्यही मूल्यमा किन्न लागिएको छ। यस विषयमा लामो समयदेखि बिचौलियाको चासो रहँदै आएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले चार अर्ब रुपयाँमा प्लान्ट किन्ने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी ओलीले मूल्यभन्दा करिब डेढ अर्ब महँगोमा किन्न रोक्न निर्देशन दिएका थिए।

बीचमा अचानक रहस्यमय ढंगले प्रधानमन्त्रीको निर्देशन उल्लंघन गर्दै प्रक्रिया सुरु गरिएको छ। रक्षा मन्त्रालयले एलसी खोल्न दुई महिनाअघि अनुमति दियो। राष्ट्र बैंकले त्यसको फाइल रोक्यो।

गभर्नर चिरञ्जीवी नेपालको सक्रियतामा राष्ट्र बैंकले गत साता एलसी खोल्ने प्रक्रिया थालेको छ। यसमा केही मन्त्रीको समेत जोडबल रहेको स्रोतले जनायो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ