चर्चित मोबाइल गेम ‘पब्जी’ खेल्ने १० जना पक्राउ, मोबाईल फोन समेत जफत

चर्चित मोबाइल गेम ‘पब्जी’ खेल्ने १० जना पक्राउ, मोबाईल फोन समेत जफत

pub g

भारत । भारतको गुजरातस्थित राजकोटमा चर्चित मोबाईल गेम पब्जी खेल्न प्रतिबन्धपछि पनि पब्जी खेल्दै गरेका दश जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरुको साथबाट अनुसन्धानका लागि मोबाईल फोन समेत जफत गरेको छ। प्रहरीका अनुसार उक्त गेम खेलिरहेका ती युवाहरु यति अम्मली भएका थिए कि प्रहरीहरु उनीहरुलाई पक्राउ गर्न नजिकै आउँदा समेत उनीहरुले थाहा पाएनन्।

प्रहरी अधिकारी मनोज अग्रवालले मार्च ६ मा एक सुचना जारी गर्दै पब्जीलाई राजकोटमा बन्देज लगाइएको थियो। पक्राउ परेकाहरुलाई प्रहरीको सुचना उल्लंघन गरेको आरोपमा कारवाही अघि बढाइने छ।

यस खेलले युवा तथा बालबालिकाहरुमा हिंसात्मक प्रवृति बढाएको, अध्ययनमा असर पुर्याएको, भाषा र आचरणमा असर पुर्याएको भन्दै प्रहरीले राज्य सरकारको निर्देशनमा बन्देज लगाइएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ