पोखरा । दि हिडेन ट्रेजरले आयोजना गर्दै आएको मिस नेपालको २५ औं संस्करणको तयारी तीब्र रुपमा अघि बढेको छ । यसका लागि आयोजक टोली देशका विभिन्न शहरहरुमा पुगेको छ । पोखरामा पनि चैत १ गते शुक्रबार अडिसन हुँदैछ । पोखरा सहित देशका विभिन्न ८ शहरबाट अडिसनमार्फत २५ औं मिस नेपालका सहभागीहरुलाई काठमाण्डौ लैजानेछ । आगामी वैशाख २६ गते काठमाण्डौमा ग्राण्ड फिनाले हुनेछ ।
पोखराको सेदी लेकसाइड स्थित वाटर फ्रन्ट रिसोर्टमा पूर्वान्ह ११ बजेबाट अडिसन सुरु हुनेछ । यस कार्यक्रमको लागि काठमाडौंबाट मिस नेपाल वल्र्ड २०१८ शृखंला खतिवडा, मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ, हिडेन ट्रेजरका डाइरेक्टर दिवाकर राजकर्णिकार पोखरा आइसकेका छन् । पोखराको बिग एफएम सहितका विभिन्न मिडियामार्फत अडिसन तयारीबारे अन्तर्वार्ता दिइरहेका छन् ।
मिस नेपालका विजयताहरुले विभिन्न अन्तराष्ट्रिय पेजेन्टहरु सहभागिता जनाउने अवसर पाउँछन् । उत्कृष्टमध्ये क्रमशः मिस वल्र्ड, मिस यूनिभर्स, मिस अर्थ, मिस इन्टरनेसनल, मिस सुप्रा नेसनलमा सहभागी जनाउने अवसर मिल्नेछ । अन्तर्राष्ट्रिय पेजेन्टहरुको माध्यमबाट नेपाललाई परिचित गराउँदै आएको छ । पछिल्लो समय मिस वल्र्डमा नेपाल सुन्दरी श्रृंखला खतिवडाको चर्चा असाध्यै चुलियो ।
पोखरा अडिसनको संयोजन जेसीआई पोखराबाट भइरहेको छ । मिस पोखराको आयोजक नै जेसिआई पोखरा हो । मिस पोखरा विजेताले मिस नेपालमा सिधै तालिम सत्रमा प्रवेश पाउनेछन् । सोहि अनुसार यस वर्ष मिस नेपाल २०१९ मा मिस पोखरा २०१८ को विजेता सारा बजिमयले भाग लिदैंछिन् । पोखरा अडिसन कार्यक्रमको संयोजक जेसीआई पोखराका कार्यकारीणि उपाध्यक्ष जेसी मोहन प्रसाद अधिकारीले गरेका छन् ।
https://www.facebook.com/bigfmpokhara/videos/2250018338585986/

सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला