पोखरा, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव पोखरामा आंशिक रुपमा परेको छ । पोखराका सडकमा पातलो मत्रामा सवारी साधन चलेपनि व्यापारिक केन्द्र, विद्यालय तथा उद्योगहरु भने वन्द छन् । मुख्य सडकमा निजी तथा सार्वजनिक सवारी साधन छिटफुट चलेका छन्।
https://www.facebook.com/gandaknews/videos/2225853207678833/
विप्लव समूहका कार्यकर्ता भने सडकमा सार्वजनिक रुपमा देखिएका छैनन् । विप्लव समूहको बन्दलाई निस्तेज पार्न सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । पोखराको विभिन्न स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन् भने विभिन्न स्थानमा प्रहरीका गुप्तचर खटिएका छन् ।
पूल, भवन, सरकारी कार्यालय लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाईएको कास्कीका प्रहरीले जनाएको छ । अप्रिय घटना घटेको छैन ।
पोखराका दुई ठाउँमा बम भेटियो, सेनाले गरे डिस्पोज
बन्दका क्रममा पोखरामा दुई ठाउँमा बम भेटिएको छ । पोखराको सभागृह चोक र लेखनाथ स्थित भण्डारढीकमा बम फेला परेको हो । पोखराको सभागृह चोकको ट्रफिक बिटमा र भण्डारढीकको रंगशाला नजिकै सकेट बम फेला परेको हो । दुबै तर्फको सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
तस्विरः विजय क्षत्री
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो