पेट दुखेर अस्पतालमा भर्ना भएका सुदर्शनको मृत्यु, नेपाल मेडिकल कलेजमा तोडफोड

पेट दुखेर अस्पतालमा भर्ना भएका सुदर्शनको मृत्यु, नेपाल मेडिकल कलेजमा तोडफोड

nepal-medicl-college-todfod

काठमाडौं : उपचारका क्रममा एक जना बिरामीको मृत्यु भएपछि काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा तनाबको स्थिति सिर्जना भएको छ।

चिकित्सकले उपचारमा लापारबाही गरेका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले मेडिकल कलेजमा तोडफोड गरेका छन्।

पेट दुखेर अस्पतालमा भर्ना भएका कागेश्वरी मनहरा—२ का ४२ वर्षीय सुदर्शन फूँयालको बुधबार साँझ सवा ६ बजे मृत्यु भएको थियो। फूँयालको मृत्युपछि आक्रोशित भएका उनका आफन्तले अस्पताल तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको हो।

अहिले पनि आक्रोशित भीडले अस्पतालमा ढुँगामुढा गरिरहेका प्रहरी वृत्त बौद्धले जनाएको छ। अस्पतालमा तोडफोड हुन थालेपछि प्रहरी परिचालन गरिएको र आक्रोसित भीडले प्रहार गरेको ढुँगाले लागेर केही प्रहरीसमेत घाइते भएका छन्।
यो समाचार थाहा खबरबाट साभार गरिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ