११ वर्षीया बालिकालाई बलात्कार गरि हत्या गर्ने युवकलाई जन्मकैद

११ वर्षीया बालिकालाई बलात्कार गरि हत्या गर्ने युवकलाई जन्मकैद

jailed

भोजपुर : बालिकालाई बलात्कारपछि  हत्या गरेको अभियोगमा एक युवकलाई जिल्ला अदालत भोजपुरले जन्मकैदको फैसला सुनाएको छ ।

अदालतले ११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका–५, दोभाने सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ईङ्नामको एकल ईजलासले राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको फैसला सुनाएको हो ।

अदालतको फैसलाले मृतक बालिकाको परिवारलाई अभियुक्त राईबाट एकलाख क्षतिपूर्ति दिने निर्णय ठहर गर्दै जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत भोजपुरका निमित्त श्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए ।

पीडक राईले गत भदौ १० गते बेलुका मोबाइलमा फिल्म हेर्दै सुतेकी ११ वर्षीया बालिकालाई बलात्कार गरेपछि आमाबुवालाई सुनाइदिने डरले घाँटी थिचेर हत्या गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ