फेसबुक र इन्स्टाग्राममा के आयो समस्या ? फेसबुक भन्छ- समाधान गर्दैछौँ

फेसबुक र इन्स्टाग्राममा के आयो समस्या ? फेसबुक भन्छ- समाधान गर्दैछौँ

facebook-insta_

काठमाडौं : संसारभरका कतिपय प्रयोगकर्ताका लागि आज फेसबुक र इन्स्टाग्राम डाउन भएको छ। तपाईँ फेसबुक त खोल्न सक्नुहुन्छ तर यी दुबै प्लेटफर्मबाट म्यासेज आदानप्रदान गर्न तथा केही नयाँ कुरा पोस्ट् गर्न भने सक्नुहुन्न।

अन्नपूर्ण पोस्ट्ले पनि आफ्नो फेसबुक पेजमा कतिपय भिडियो तथा लिंकहरू सेयर गर्न तथा म्यासेन्जरमा म्यासेज पठाउन सकिरहेको छैन। हेर्नुस् स्क्रिनसटः

टेक्नोलोजी साइट भर्जले डेस्कटप भर्सनमा म्यासेन्जर लोड नभएको तथा इन्स्टाग्रामको नयाँ पोस्ट क्रियट गर्ने बटनले समेत काम नगरेको लेखेको छ। यद्यपि मोबाइल भर्सनमा भने म्यासेन्जरले काम गरिरहेको छ।

यस्तै अर्को टेक्नोलोजी साइट म्यासेबलले पनि फेसबुक इन्कको स्वामितवमा रहेका फेसबुक र इन्स्टाग्राम दुबैले अजिबखालको व्यवहार गरेको खबर छापेको छ। उसले फेसबुककै अर्को म्यासेजिङ एप ह्वाट्सएपले पनि काम नगरेको लेखेको छ।

फेसबुकले प्रयोगकर्ताको समस्या थाहा पाएको र जतिसक्दो चाँडो समस्या समाधानका लागि प्रयास गरिरहेको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ