नडराउनुस र लुटेराहरुलाई लुट्न नदिनुस् : प्रधानमन्त्री ओली

नडराउनुस र लुटेराहरुलाई लुट्न नदिनुस् : प्रधानमन्त्री ओली

pm oli

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिका नाममा लुटपाट मच्चाउने जाेकोहीलाई कानूनी कारबाही हुने चेतावनी दिएका छन् ।

काठमाडौंमा भएकाे कार्यक्रममा प्रधानमन्त्री ओलीले आतंककारी, ध्वंसात्मक गतिविधि संचालन गरिरहेकाले सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई कानुनी कारबाही गर्ने निर्णय लिएको स्पष्ट पारेका  हुन् ।

https://youtu.be/bROAYaZ7RjQ?t=52

प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपालाई लुटपाट मच्चाउँदै हिँड्ने लुटेराहरुको संज्ञा दिँदै सहन गर्न नसकिने पनि स्पष्ट पारे ।

उनले राजनीतिका नाममा लुटपाट मच्चाउने, विध्वंसात्मक गतिविधि गर्नेहरुलाई राजनीतिक पार्टी मान्न नसकिने तर्क गरे । उनले लुटपाटमा संलग्न समूहसँग नडराउन पनि सबैलाई आह्वान गरे ।

यो समाचार khabarhub बाट साभार गरिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds