राउत परीक्षामा सामेल भएका छन्, फेल पास के हुने भन्ने उनकै हातमा छ : मन्त्री पण्डित

राउत परीक्षामा सामेल भएका छन्, फेल पास के हुने भन्ने उनकै हातमा छ : मन्त्री पण्डित

lalbabu

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारसँग भएको ११ बुँदे सहमतिपछि सिके राउतको परीक्षा सुरु भएको बताएका छन् । बुधबार बिहान मन्त्री पण्डितले नेपाल कम्युनिस्ट पार्टीबाट सिरहामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘राउत परीक्षामा सामेल भएका छन्, फेल पास के हुने भन्ने उनकै हातमा छ’ मन्त्री पण्डितले भने ।
मुलुक नै टुक्र्याएर छुट्टै देश बनाउँछु भन्दै हिँडेका राउतलाई सहमतिमार्फत् मूलधारमा ल्याइएको दाबी गर्दै उनले राउत परीक्षामा फेल भए सरकारले पनि त्यही अनुरुपको व्यवहार गर्ने बताए ।

सरकारसँगको सहमतिपछि जनकपुरमा भएको गतिविधि दुःखद् रहेको भन्दै मन्त्री पण्डितले उक्त घटना राउत यु टर्न भएपछिको पीडा बाहेक अरु केही नभएको उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ