सरकारले विप्लवलाई प्रतिबन्ध लगाएपछि विप्लवले स्थानीय तहमा प्रतिबन्ध लगाउने

सरकारले विप्लवलाई प्रतिबन्ध लगाएपछि विप्लवले स्थानीय तहमा प्रतिबन्ध लगाउने

biplop mahobadi

काठमाडौँ  : नेकपा नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि देश तरङ्गित भएको छ । जनयुद्धका सहयात्री रामबहादुर थापा ‘बादल’को प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएपछि विप्लवका नेताहरुले कडा प्रतिक्रिया दिएका छन् ।

विप्लवका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले मंगलबारै सरकारले हठातरुपमा प्रबतिबन्ध लगाउँदै अपराधिक संगठन घोषणा गरेर महँगो निर्णय लिएको बताएका छन् । उनले यो निर्णय देश र जनतामाथिको गम्भीर षडयन्त्र भएको प्रतिक्रिया दिएका छन् ।

‘सामाजिक फासी केपी–प्रचण्ड सरकारले जनताको पार्टी नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ, यसबाट प्रष्टरुपमा देशलाई दलाल बुर्जुवाहरुको सरकारले द्वन्द्वमा पु¥यायो’, उनले मंगलबार भनेका थिए, ‘यसबाट सरकारले दमनमा उत्रने बाटो खोलेको छ, यसको पार्टीले कडा प्रतिवाद गर्छ ।’

त्यस्तै विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा सगरमाथा ब्यूरो इन्चार्ज दिपेश बान्तावा राईले सरकारको यो निर्णयबाट देशमा गृहयुद्ध निम्तने चेतावनी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds